जनजाति न्यालयमा न्याधिश नहुँदाको सास्ति

Read Time:2 Minute, 55 Second

गोविन्द घर्ती

देवदह , असार १९ – पहुँचको आधारमा मुद्दा फैसला हुदा वास्तविक पिडितले न्याय पाउन नसकेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

 

उनीहरुले पहुचको आधारमा नभई वास्तविक पिडितलाई न्याय दिलाउन सम्वन्धीत निकाय लाग्नु पर्नेमा जोड दिएका थिए । रुपन्देहीको देवदहमा पुनरावेदन अदालत बुटवलद्धारा आयोजित न्यायीक सम्वाद कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको न्याय प्रक्रिया झन्झिटिलो भएकोले गरिव र असहायले न्याय पाउन नसकेको बताएका थिए । कार्यक्रमका वक्ताहरुले कानुनी व्यवसायीहरुको पारिश्रमिक स्पष्ट किटान नहुदा पिडितले चर्को रकम तिर्न वाध्य भएको बताएका थिए ।

कार्यक्रममा सहभागिहरुले उठाएका जिज्ञासाहरुको उत्तर दिदै प्रमुख अतिथि तथा पुनरावेदन अदालतका मुख्य न्यायधिश सारदाप्रसाद घिमिरले कानुनी प्रक्रिया नबुझदा न्यायको प्रक्रिया झन्झीटिलोको महशुस भएको बताए । उनले अदालतमा हुने कामहरुमा लाग्ने खर्चको वारेमा नागरिक वडापत्रमा उल्लेख गरिएको दावी गरे । गरिव तथा असहायलाई  सहयोग गर्नको लागि अदालतले बैकल्पिक  वकिलको व्यवस्था गरेको बताए । पुनरावेदन अदालत बुटवलका न्यायधिश टिका हमालको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, बरिष्ठ प्रहरी उपक्षरीक राजेन्द्र ढकाल, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, वार एशोसन बुटवलका अध्यक्ष मिना पाण्डे लगायतले कार्यक्रममा उठेको प्रश्नको जवाफ दिएका थिए ।

कार्यक्रममा डिल्लीराज मरासिनी, नमराज पुरी, वासुदेव रिमाल, खैराज शर्मा, माधव रिमाल, वालकुमार श्रेष्ठ, कल्पना सुवेदी, खेमनारायण अधिकारी, त्रिलोचन दहाल, प्रमोद खनाल लगायतले आ–आफना भनाई राखेका थिए । रजिष्टार भिमकुमार श्रेष्ठको स्वागत र सुवर्ण खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %