स्वास्थ्य चौकी प्रमुखलाई कारवाहीको माग

Read Time:3 Minute, 8 Second

देब पचभैया

पाल्पा, १९ असार – पश्चिम पाल्पाको सत्यवती गाविसस्थित स्वास्थ्य चौकीका प्रमुख जीवन रानाले संस्थागत तथा व्यक्तिगत अनियमितता गरेको भन्दै स्थानीयले कारवाहीको माग गरेका छन् ।

स्थानीय चार प्रमुख राजनीतिक दलले   रानालाई कारवाहीको माग गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालय पाल्पामा उजुरी दिएका छन् । नेपाली काँग्रेस १३ नं इलाका सचिव पुरन लम्तरी, एमाले सत्यवती अध्यक्ष रेमबहादुर राना, एमाओवादी सत्यवती गाउँ कमिटी सहइन्चार्ज चपबहादुर बगाले, नेकपा—माओवादी सत्यवती इन्चार्ज अम्बरबहादुर रेश्मी र स्थानीय काँग्रेस नेता तथा पूर्व गाविस अध्यक्ष यमबहादुर रानाले हस्ताक्षर गरी ती कार्यालयहरुमा उजुरी दर्ता गराएका हुन् ।

 उजुरीमा स्वास्थ्य चौकी प्रमखु जीवन रानाले गाविसबाट लिएको ३९ हजार रुपैयाँ पेश्की फस्र्यौट नगरेको, लक्षित वर्ग अन्तरगत वालवालिकाको लागि आएको ४० हजार काम नगरी भ्रष्टाचार गरेको, स्वास्थ्य चौकीमा लेखा परीक्षण नगराएर अनियमितता गरेको, सर्वसाधारणलाई बैदेशिक रोजगारीमा पठाउँछु भनी रकम ठगी गरेको, प्रहरीमा जागिर लगाइदिन्छु भनी युवाहरुलाई प्रलोभनमा पारेको, सुत्केरी प्रोत्साहन भत्ता नदिएको, महिला स्वयंसेविकालाई पूर्ण खोप भत्ता नदिएको, कार्यालयमा नियमित ड्युटी नगरी अन्य ठेक्कापट्टामा लाग्ने गरेको लगायतका १५ बुँदे उजुरी पत्र दर्ता गराई कारवाहीको माग गरिएको एमाले सत्यवतीका अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए ।

स्वास्थ्य चौकी प्रमुख रानाले भने आरोपहरु निराधार रहेको भन्दै पेश्की लिइएको रकमको काम चांहि जारी रहेको प्रतिक्रिया दिएका छन ।

जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका प्रमूख राजेन्द्र घिमिरेले सत्यवती स्वास्थ्य चौकी प्रमुखको विषयमा उजुरी आएको जानकारी दिदै स्पष्टीकरण सोधेर कारबाही गरिने बताए । स्वास्थ्य संस्था र गाविसको रकम समेत हिनामिना गरेको ठहर भए रानालाई स्वास्थ्य नियमावली ऐन अनुसार कारबाही गरिने प्रमूख घिमिरेको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %