ऐतिहासिक पाकरी बृक्षको हागा काट्दा संरक्षण कर्ताहरु चिन्तित

Read Time:6 Minute, 48 Second

गोबिन्द घर्ती

देबदह,ऐतिहासिक एवं प्राचिनताको धरोहर मानिएको देवदहको पाकरी वृक्षको हागा काटिएको छ ।

  ऐतिहासिक पाकरी बृक्षको हागा काट्न लगाएको भन्दै संरक्षण कर्ताहरु भने चिन्तित बनेका छन् । दक्षिण एशियाकै नमुना वृक्षको रुपमा रहेको पाकरी वृक्ष संग थुप्रै विशेषताहरु जोडिएका छन् । ८२ फिट उचाई भएको झण्डै चार कठ्ठा क्षेत्रफल ओगटेको पाकरी वृक्ष सवैको आकर्षण केन्द्रको रुपमा रहेको छ । संरक्षण र सम्वद्र्धन गर्नु पर्ने उक्त महत्वपूर्ण वृक्षलाई काटेर नोक्सान पुर्याएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।

देवदह नगरपालिकाको मात्र नभई देशको महत्वपूर्ण ईतिहास बोकेका पाकरी वृक्ष भएको देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको भनाई रहेको छ । पाकरी वृक्षको हागा काटिएको भनेर दुईवटा निवेदन परेको छ, राजनैतिक दलहरु वीच बैठक बसी कार्वाहीको प्रक्रिया अगाडि बढाउने घिमिरेले बताए ।

गौतम बुद्धको मावली स्थल देवदहमा रहेको ऐतिहासिक पाकरी वृक्ष बुद्धकालिन ऐतिहासिकता संग जोडिएको विश्वास गरिन्छ । लुम्विनी विकास कोषले पनि लुम्विनी विकास गुरुयोजना संग पाकरी वृक्षलाई समेटेर लैजाने लक्ष्य राखेको छ । आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्न सक्ने पाकरी वृक्ष मनोमानी ढंगले काटिनु दुःखद विषय हो ।

देवदहलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा चिनाउने पाकरी वृक्षलाई सवै मिलेर संरक्षण र सम्वद्र्धन गर्नु पर्ने देवदह नगरविकास समितिका अध्यक्ष डिल्लीराज मरासिनीले बताउनु भयो । ऐतिहासिक पाकरी वृक्षको हागा काटिनु गलत भएको र पाकरी वृक्षको हागा काट्ने काम ईतिहास मेटाउने काम गरेकोे हुदा दोषीलाई सम्वन्धी निकायमा बोलाएर कार्वाही गर्नु पर्ने मरासिनीले बताए ।

पाकरी वृक्षलाई अवलोकन गर्न दैनिक रुपमा आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेका छन् । देवदह नगरपालिकाले पनि देवदह क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न देवदह विकास गुरुयोजना निर्माण गरिहेको छ । साविक देवदह गाविसले बजेट नै विनियोजन गरेर उक्त वृक्षको संरक्षणका लागि अभियान नै संचालन गरेको थियो ।

पाकरी वृक्षको हागा काटेको प्रति देवदह क्षेत्र परिचय तथा विकास समितिले गंभिररुपम लिएको समितिका अध्यक्ष निलकण्ठ पौडेलले बताउनु भयो । पुरातात्विक र ऐतिहासिक स्थलहरुको संरक्षण र सम्वद्र्धन गर्नु पर्ने र पाकरी वृक्षको हागा काट्ने दोषीलाइ जिल्ला प्रशासन कार्यालय र देवदह नगरपालिकाले कार्वाहीको लागि विशेष पहल गर्नुपर्ने अध्यक्ष पौडेलले बताए ।

पाकरी वृक्षको सुरक्षाका लागि देवदह नगरपालिकाले हाल हेरालुको समेत व्यवस्था गरेको छ । पाकरी वृक्षको सरसफाई, संरक्षण, हेरचाह गर्ने गरी नगरपालिकाले हेरालु राखेको भएपनि पाकरी वृक्ष संरक्षण समितिका अध्यक्षले नै वृक्षको महत्वलाई वेवास्ता गरी हागा काट्न लगाउनु निन्दनीय कार्य हो । पाकरी वृक्षको हागा काट्ने काम गल्ती भएको र देवदह नगरपालिकाले बनाएको निती नियम भित्र रहेर कार्वाहीको प्रकृया अगाडि बढाउनु पर्ने देवदह क्षेत्र विकास केन्द्रका अध्यक्ष नमराज पुरीको भनाई रहेको छ ।

पाकरी वृक्षमा चराचुरुङ्गीले दिनभरी बस्ने खेल्ने गरेपनि गुड नलगाउने, गिद्ध जातका चराहरु वृक्षमा नबस्ने र सवैभन्दा ठूलो जनावर हात्ती रुखको नजिकै नजाने यसका थप विशेषता हुन । लामो समय देखि स्थानीयवासीले आफनै पहलमा संरक्षण गर्दै आएको पाकरी वृक्ष अलौकिक र आकर्षक देखिन्छ । पाकरी वृक्ष संरक्षण समितिले संरक्षण र सम्वद्र्धन गर्ने काम गरिरहेको पाकरी वृक्ष संरक्षण समितिका सदस्य हरीप्रसाद पाण्डेले बताए ।

अहिले पाकरी वृक्षको हागा काटिएको छ र समितिका अध्यक्षको निर्देशनमा काट्ने काम भएको भन्ने छ तर समिति संग कुनै सरसल्लाह नगरेको सदस्य पाण्डेले बताए । देवदह क्षेत्रकै विशेषतालाई थप उचाईमा पुर्याउन पाकरी वृक्षले ठूलो भूमिका खेलेको छ । यस वृक्षको जिवन्तताले नै देवदहको विकासमा योगदान दिन सक्ने स्थानीयवासीहरुको विश्वास रहेको छ । पाकरी वृक्ष संरक्षण समितिका अध्यक्षको आदेशमा हागा काटिएको पाकरी वृक्षका हेरालु थमन कुवरले बताए । समितिका अध्यक्षले हागा काट्नु गल्ती भएको स्वीकार गर्दै देवदह नगरपालिका संग माफि मागिएको र केश मिलान भएको आफुलाई बताएको हेरालु कुवरको भनाई रहेको छ ।

निचोडः पाकरी वृक्षको महत्वलाई ख्याल नगरी मनोमानी ढंगले वृक्षका हागा कटाउने दोषीलाई तत्काल कार्वाही गरी वृक्ष संरक्षणका निम्ति थप पहल थाल्नु आवश्यक देखिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %