पत्रकारहरु बन्ने भए मानवअधिकार बादी

Read Time:1 Minute, 54 Second

पोखरा, १६ असार – नेपालका विभिन्न ठाउँमा रहेर पत्रकरीता गर्ने पत्रकारहरु देशमा मानवधिकारको क्षेत्रमा देखिएको स्थिति र परिस्थितिलाई मध्यनजर गर्दै पत्रकारीताको क्षेत्रबाट समस्याको समाधान गर्ने उद्देश्यले संगठित भएका छन् ।

पोखरा मिडिया क्लबमा आयोजित एक भेलाले पत्रकार विरेन्द्र सापकोटा (कास्की) को संयोजकत्वमा जे.एच.आर नेपाल (journalist human rights of nepal (JHR NEPAL) को तदर्थ समिति गठन भएको छ ।

जसको सहसंयोकजमा सोभिता रिजाल (काठ्माण्डौ) रहेका छन । संस्थाको सचिवमा प्रल्हाद चन्द्र घिमिरे (लम्जुङ), कोषाध्यक्षमा अशोक पौडेल (स्याङजा) रहेका छन् । तदर्थ समितिको सदस्यहरुमा राम कुमार डाँगी (रोल्पा), टंककला तिमिल्सीना (कैलाली), दिनेश आचार्य (कास्की), गौरव त्रिपाठी (कास्की), सरला लामिछाने सरु (तनहु), अनिल यादव (झापा), सन्देश परियार (कास्की) रहेका छन् ।

तदर्थ समितिले ६ महिना भित्र संस्था दर्ता गरी महाधिवेशन सम्पन्न गर्नेछ । साथै देशमा भड्कदै गएको मानवअधिकारको स्थितिलाई ध्यानमा राखि देशका विभिन्न ठाउँमा कार्यक्रमहरु संचालन गर्ने छ ।

मानवअधिकार संरक्षणका लागि पत्रकारीता भन्ने नाराका साथ गठन भएको संस्थाले मानव अधिकार संरक्षणका लागि पत्रकारीताको माध्यमबाट महत्वपुर्ण भुमिका खेल्ने छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %