आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा सुवास राई चयन

Read Time:4 Minute, 41 Second

माया घले मगर

नेपाल आदिवासी जनजाती महासँघ इजरायलको अध्यक्षमा सुवास राई चयन भएका छन् । नेपाल आदिवासी जनजाति महासँघ इजरायलको गत १९ जुन शुक्रवार भएको प्रथम अधिवेशनले राईलाई सर्वसम्मतले अध्यक्ष चयन गरेको हो । हाँस्पोसा ६ इटहरी स्थायी घर भई ८ बर्षदेखि रोजगारीको शिलशालामा इजरायलमा रहेका राई किराँत राई यायोख्खा इजरायलको सल्लाहकार पनि हुन् ।
तेलअभिवको लवेन्स्की मार्गमा रहेको एउटा अपार्टमेन्टमा आयोजिक महासंघको प्रथम अधिवेशनले सुवास राईको अध्यक्षतामा २१ सदस्यिय कार्यसमिति चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा डोमा शेर्पा, द्वितिय उपाध्यक्षमा बसन्त रास्टकोटी मगर, तृतिय उपाध्यक्षमा रन्जुबाबा श्रेष्ठलई चयन गरेको छ । त्यस्तै निर्मला गुरुङ संस्थाको महासचिवमा चयन भएकी छिन् भने सचिवमा नयन इमासोङ चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा शरिन ख्युङबा तामाङ, सहकोषाध्यक्षमा कल्पना थेवे चयन भएका छन् । सदस्यहरूमा चयन हुनेहरु नानी माया योञ्जन तामाङ, जीवन थाक्लुङ, बबिता श्रेष्ठ, लक्ष्मी योञ्जन तामाङ, ओम गुरुङ, अनन्त थापा मगर, नरमाया गुरुङ, रेखा श्रेष्ठ, लिला थापा, दिप कुमार राई, पेम्बा शेर्पा, आङछिरिङ शेर्पा, र बबिना राई रहेका छन् ।
संस्थाको प्रमुख सल्लाहकारमा सुन्दर सिंह लामा तामाङलाई चयन गरिएको छ भने अन्य सल्लाहकारहरुमा युबराज राई, छिरिङ शेर्पा, केशब रानामगर, सगुन प्रधान, डिक कुमार गुरुङ र चन्द्र माया तामाङलाई चयन गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा चयन भइसकेपछि अध्यक्ष सुवास राईले इजरायलमा कार्यरत सम्पूर्ण नेपालि आदिवासी जनजाति दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक धन्यबाद ज्ञापन गरेका थिए । अध्यक्ष राईले महासँघको विधि विधानलाइ आत्मसात गर्दै बफादार रही संस्था र समुदायको हक हितको लागि आफ्नो क्षमताले भ्याए सम्म मन, बचन र कर्मले क्रियाशिल रहने प्रतिबद्दता जाहेर गरेका छन । आदिवासी जनजातिहरुको मौलिक हक, अधिकार र पहिचान स्थापित गराउनको निम्ति विदेशी भुमीवाट आवाजहरु वुलन्द पार्दै इजरायलमा रहेका महासंघ आवद्द सम्पूर्ण संघ संस्थाहरुलाई सक्रिय वनाउनु नै महासंघको प्रमुख दायित्व भएकाले ति संस्थाहरुको लक्ष्य प्राप्तिकालागि क्रियाशिल रहन सहजता प्रदान गर्दै आगडि वढ्ने बताए । राईले पछिल्लो समयमा जातिय संघ संस्थाहरु भित्र देखिएका असमझदारीहरुलाई सुल्झाउदै ति संघ संस्थामा एकता कायम गराउनु आफ्नो पहिलो प्रार्थमिकता रहने बताए ।
“आदिवासी जनजातीको विश्वव्यापी एउटै अडान, पहिचान र अधिकार सहितको संघिय संविधान भन्ने मुल नाराका साथ सम्पन्न महासंघको प्रथम अधिवेशनमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका निवर्तमान अध्यक्ष सुन्दर सिंह लामा तामाङको सभापतित्व रहेको थियो भने संघीय नेपाली समाज, इजरायलका अध्यक्ष छिरिङ शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै इजरायलमा रहेका विभिन्न जातिय संघ संस्थाका प्रतिनिधीहरु, अनलाइन मिडियाकर्मीहरु लगायत उल्लेख्यको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विभिन्न जातिय संघ संस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %