मनोज घर्तीमगर
पोखरा, १३ असार
नेपाल मगर सङ्घ कास्कीले वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान तथा २०७१ सालको एसएलसी परीक्षा उत्तीर्ण गर्ने मगर विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ ।
जिल्ला कार्यसमिति कास्कीको शनिबार बसेको बैठकले असार १९ गते बिहान रक्तदान कार्यक्रम तथा दिउँसो एसएलसी उत्तीर्ण मगर विद्यार्थीहरूलाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिए ।
रक्तदान कार्यक्रम सफल बनाउन सांस्कृतिक विभाग प्रमुख दुर्गाबहादुर थापामगरको संयोजकत्वमा जिल्ला सदस्यहरू जौमाया थापामगर, देउकुमारी थापामगर, रामबहादुर पुनमगर ख र धनकुमारी डिसुवामगर सदस्य रहेको उपसमिति समेत गठन गरिएको छ ।
एसएलसी उत्तीर्ण मगर विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गर्नका लागि सह–उपाध्यक्ष गुमानसिंह थापामगरको संयोजकत्वमा संगठन विभाग प्रमुख कर्णबहादुर थापामगर, जनसम्पर्क तथा प्रचार–प्रसार विभाग प्रमुख डिलबहादुर श्रीसमगर, जिल्ला सदस्यद्वय नारायण काउछामगर र केशव आलेमगर सदस्य रहेको उपसमिति गठन गरिएको सचिव यामबहादुर थापामगरले बताए ।
मगर सङ्घ कास्कीले एसएलसी उत्तीर्र्णलाई सम्मान गर्ने
Read Time:1 Minute, 40 Second
