ह्योल्मो मातृभाषा साक्षरता तथा शिक्षक प्रशिक्षण कार्यक्रम समापन

Read Time:2 Minute, 28 Second

 

पोखरा, ११ असार

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा नेपाल ह्योल्मो समाज सेवा सङ्घ कास्कीको आयोजनामा गत असार ५ गतेदेखि सुरु भएको एक हप्ते ह्योल्मो मातृभाषा साक्षरता तथा शिक्षक प्रशिक्षण कार्यक्रमको शुक्रबार समापन गरिएको छ ।

कार्यक्रमको समापनका अवसरमा बोल्दै नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय उपाध्यक्ष सूर्य बहादुर भुजेलले राज्यले नजानिँदो पाराले आदिवासी जनजातिको भाषा, धर्म र संस्कृति मासिरहेको आरोप लगाए । राज्यले आदिवासी जनजातिलाई जनावरसरह व्यवहार गरिरहेको जिकिर गर्दै उपाध्यक्ष भुजेलले गैर हिन्दू आदिवासी जनजाति समुदायलाई जबर्जस्ती हिन्दूकरण गरिएको दाबी गरे ।

समापन कार्यक्रममा बोल्दै प्रशिक्षक दावा ह्योल्मोले अल्पसंख्यक आदिवासी जनजाति ह्योल्मोहरूले आफ्नो थातथलोबाट टाढा भएपनि मातृ भाषाप्रति माया जाग्नु अत्यन्त सकारात्मक कुरा भएको उल्लेख गरे । सो अवसरमा नेपाल ह्योल्मो समाज सेवा सङ्घका केन्द्रीय सदस्य खड्ग बहादुर ह्योल्मो, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्कीका उपाध्यक्ष रूद्र बहादुर श्रीस, प्रशिक्षार्थीहरूको तर्फबाट सिम्रन ह्योल्मोले पनि आफ्ना अनुभव राखेका थिए ।

एक हप्तासम्म चलेको प्रशिक्षणमा प्रशिक्षकद्वय दावा ह्योल्मो र दावा ग्याल्वो ह्योल्मोले ह्योल्मो भाषामा बोलचाल र सम्भोटा लिपिमा लेखन पद्धतिका बारेमा प्रशिक्षण दिएका थिए । सङ्घका कार्यवाहक अध्यक्ष तिल कुमारी ह्योल्मोको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव पूर्ण ह्योल्मोले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %