सदिक्षाको जोडीलाई मोटर ¥यालीको उपाधी

Read Time:1 Minute, 36 Second

मनोज घर्ती मगर

आठौं सिन्सियर सिटिजन मोटर ¥यालीको उपाधी पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ र राज बजिमयको जोडीले जितेको छ । पोखरा रंगशालादेखि नौंडाँडासम्मको ३५ दशमलभ ८ किलोमिटर दुरीमा शनिबार भएको ¥यालीमा रामेश राजभण्डारी र अनुप खड्का दोस्रो तथा राजु दाहाल र सीता दाहाल तेस्रो भए । प्रथम, दोस्रो र तेस्रोलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक शिव श्रेष्ठले जानकारी दिए । ५५ गाडी सहभागि ¥यालीमा समय, गति र दुरीका आधारमा नम्बर दिएर उत्कृष्ट छनोट गरिएको थियो ।

नेपाल अटोमोबाइल्स स्पोर्टस् एशोसिएशन (नासा) एवं अटो नेपाल पत्रिकाको सहकार्यमा पश्चिमान्चल अटोमोबाइल डिलर्स एशोसिएसनले पर्वतीय खेलकुद महोत्सवको अवसरमा ‘फर नेचर, एडभेन्चर एण्ड स्पोर्टस्’ नाराका साथ ¥याली गरेको हो । साहसिक तथा पर्यटकीय खेल प्रद्धर्वनमा नासाले वर्षेनी विभिन्न कार्यक्रम तथा प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको छ । गत वर्ष पोखरामा खुल्ला स्कुटर ¥याली आयोजना भएको थियो ।

तस्वीर – सुरज श्रेष्ठ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %