गोविन्द घर्ती
रुपन्देही-जातीय पहिचान सहीतको संघीयता विना मगरहरुको अधिकार स्थापित हुन नसक्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले अधिकारको लागि सम्पूर्ण मगरहरु एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । नेपाल मगर संघ देवदह नगर समितिको प्रथम अधिवेशनमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष्ँ दल बहादुर विरकट्टाले नेपालमा बोलिने जातीय भाषालाई राज्यले बेवास्ता गर्दा लोप हुदै गएको बताए । उहाले राज्यले नेपालमा बोलिने सम्पूर्ण भाषालाई प्रत्याभूति नगर्दा सम्म कुनै पनि जातीको भाषा बाच्न नसक्ने बताए । विरकट्टाले समग्र जातीहरुको विकास विना देशले फड्को मार्न नसक्ने हुदा राज्यले सम्पूर्ण जातीहरुको भाषा, संस्कार संस्कृतिको संरक्षण गर्नु पर्नेमा जोड दिए ।
अध्यक्ष विरकट्टाले १६ बुदे सहमति मगरहरुको हितमा नभएकाले यसको खारेज हुनु पर्नेमा जोड दिए । नेपाल मगर संघ देवदह नगरसमितिका अध्यक्ष लाल बहादुर दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा संघका जिल्ला सदस्य हुम बहादुर डिसुवा, टेक बहादुर थापा, मगर महिला संघका जिल्ला सदस्य लक्ष्मी थापा, मगर युवा संघका जिल्ला अध्यक्ष पहलसिं राना, नेकपा माओवादीका चिरन पुन, एमाओवादीका केशव पुन, नेकपा एमालेका पदम थापा, थारुकल्याण कारिणीसभाका चन्द्रिका थारु, तमु छोंज धीका थमन सिंह तमु लगायतले आ–आफना भनाई राखेका थिए ।
संघका उपाध्यक्ष थमबहादुर बुढाथोकीको स्वागत र सचिव पदम हुन्चुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबिच अधिवेशनले लाल बहादुर दलार्मिको अध्यक्ष्तामा ११ सदस्यिय नगर समिति गठन गरेको छ । जसको सचिबमा जसु पुन, कोषध्यक्षमा खर सिङ श्रिस र सदस्यहरुमा कुल बहादुर रुचाल, दिनमाया सिङजाली, बिन्दु थापा मगर, बुद्धिमाया राना, खड्क बहादुर थापा, रिम बहादुर थापा, खडक बहादुर पुन, भुमी थापा रहेका छान । रिक्तरहेको उपाध्यक्ष र सहसचिबको पद पछि मनोनित गरीने संघले जनाएको छ ।
