कमल चौधरी
बुटवल ,‘बहुजातिय लोकतान्त्रिक समाजवाद ’ भन्ने मुल नराको साथ आयोजना भएको राष्ट्रिय भूतपूर्व सैनिक संगठन जिल्ला कार्य समिति रुपन्देहीको दोस्रो सधारण सभा एक कार्यक्रमका बीच शुक्रबार बुटवलमा सम्पन्न भएको छ ।

भूपू सैनिक संगठनका जिल्ला अध्यक्ष सि.एच.एम नर सिंह काउचामगरको अध्यक्षता, उपाध्यक्ष प्रेम सिंह थापाको स्वागत र सचिव भिम बहादुर गुरुङ्गको संचालन रहेको उक्त कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कोषाध्यक्ष पृथ्वीबहादुर लिम्बुले जुनसुकै अवस्थामा पनि पहिचान सहितको संघीयता ल्याउनुपर्नेमा जोड दिए । उनले पहिचान सहितको संघियता र आदिवासी जनजातिको अग्रधिकारको लागि जुनसुकै मुल्य चुकाउन अफूहरु तयार रहेको जिकिर गरे ।

कार्यक्रममा समाजसेवी तथा ९५ बर्षीय वयो वृद्ध हुमान सिंह राना, समाजसेवी तथा बयोबृद्ध ८८ बर्षीय थिरबहादुर काउचा, संघीय परिषद् सदस्य दलबहादुर विरकट्टामगर, सघिय परिषद् सदस्य अशोक पुन, सघिय परिषद् सदस्य होमाया गुरुङ्ग, सघिय परिषद् सदस्य बलदीप प्रभाश्वर चामलिङ, भूपू सैनिक संगठनका केन्द्रीय अध्यक्ष क्या. भीमबहादुर राना, संघीय साभा सदस्य क्या.मनबहादुर थापा, सघिय सभा सदस्य डम्मरबहादुर सुर्यवंशी, लुम्बिनी राज्य समितिका उपाध्यक्ष धनि आले, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला उपाध्यक्ष माधुराना, क्षेत्रीय अध्यक्ष लुमबहादुर फैजा, नगर अध्यक्ष थर्कबहादुर बाह्रघरे लगायतले बोल्दै पहिचान सहितको संघीयताको लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनीहरुले भूपूहरुको छुट्टै मन्त्रलय हुनुपर्ने जोड दिएका थिए ।
दोस्रो सधारण सभा कार्यक्रममा भूपू जिल्ला अध्यक्ष सि.एच.एम नर सिंह काउचा मगरले अध्यक्षको कार्य प्रतिवेदन पेश गरेका थिए । भने कोषाध्यक्ष सु. नर प्रसाद गुरुङ्गले कोषको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
