गुडिरहेको जिपलाई पहिरोले च्याप्दा दुई डाक्टरको मृत्यु , २ गंभिर

Read Time:2 Minute, 2 Second

देब पचभैया

पाल्पा, जेठ २ – गुडिरहेको जिपलाई माथि बाट आएको पहिरोले पुर्दा पाल्पामा २ जनाको ज्यान गएको छ ।   दुई जना गंभिर घाईते छन् । पाल्पा बुटवल सडक खण्डको सिद्धार्थ राजमार्गको दोभान स्थित सिद्धबाबानिर पाल्पा बाट बुटवल जादै गरेको लु १ च २७० नम्बरको जिपलाई आज बेलुकी ५ बजे तिर माथिबाट आएको पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा भारत जयपुर घर भई लुम्बिनि मेडिकल कलेज प्रभास तानसेनमा कार्यरत ५१ बर्षिय प्रोफेसर डाक्टर तरुणदिप सिंह कोचर र उहाकी श्रीमती ५० बर्षिया प्रोफेसर डाक्टर यसोधा कोचरको घटना स्थलमै ज्यान गएको हो ।

जिपमै सवार अर्का डाक्टर रौतहट राजदेबी १ का ४५ बर्षिय डाक्टर जर्नेल मिकरानी र मेडिकल कलेजमै एम् बि,बि एस अध्ययनरत सिन्धुली कमलामाई ११ का २५ बर्षिय पेरिक देबकोटा गंभिर घाईत भएका छन् । घाईतेहरुको अंचल अस्पताल रुपन्देहीमा उपचार भैरहेको छ ।

दुर्घटनापछि बन्द रहेको पाल्पा बुटवल सडक खण्ड खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब उपरिक्षक सुमन कुमार तिमिल्सिनाले जानकारी दिनुभयो । सडकमा ठुला ढुंगाहरु खसेकाले बेलुकी ७ बजे सम्म बाटो खुलेको छैन ।

बाटो अबरुद्ध भएपछि शयौ गाडी र यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %