मेजन पून मगर
गोरखा,३असार – २०७२ को बैशाखमा आएको विनाशकारी भकम्प पिडितहरुको सहयोगार्थ ब्रिटिश गोर्खा कम्युनिटी विन्चेष्टर बेलायतद्घारा संकलित हार्टबिट संस्था मार्फत नेपाल भित्रिएको लत्ताकपडा, औषधी, स्लिपिङ्ग व्याग, खानेकुरा जस्ता सामानहरु प्रथम शहिद लखन थापामगर तथा जैसिंह चुमी प्रजातान्त्रिक क्लब मार्फत वुङ्गकोट काउले भङ्गारमा प्रदान गरिएको छ ।
उक्त स्थलको पहिचान र स्थानिय संयोजन मगर चलचित्रकर्मी संघद्घारा गरिएको थियो । मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्की रानामगर, सदस्य भिम राना मगर, नर्स विष्णु बढाथोकी, असिस थापाले उक्त ठांउसम्म सामान पुर्याउन सहयोग गरेका थिए ।
क्लवका सल्लाहकार ओम बहादर राना र सचिव राजकुमार आलेलाई स्थानियहरुको जमघटमा उक्त राहत सामान प्रदान गरिएको थियो ।
