कमल चौधरी
बुटवल ,बिगतका बर्षहरुमझै यस बर्षपनि ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ बुटवलमा शुरु भएको छ ।

आदिवासी जनजाति समुदायका ऐतिहासिक भाषा, धर्म, संस्कृतिहरुलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सुरु भएको आदिवासी चलचित्र महोत्सव – ०७२ आषढ २ र ३ गते मिलन चलचित्र हल बुटवलमा प्रिमियर प्रदर्शनी हुँदैछ ।
प्रत्येक बर्षको जेठ, आषढ महिनामा काठमाडौंबाट सुरु भएर देशका विभिन्न शहरमा अयोजना हुने, महोत्वसव भूकम्पको प्रभावले गर्दा यस बर्ष बुटवल देखि सुरु हँुदै देशका अन्य शाहरहरुमा सञ्चालन हुने महोत्सव निर्देशक शाकर गाहाले जनकारी गराए । उनले देशका पाचँवाट शाहरहरु बुटवल, पोखारा, धरान, दाङ्ग, नेपालगञ्ज लागयतका स्थानहरुमा हुने जनकारी समेत गराए ।
इण्डिजिनियस फिल्म अर्काइभ (आइफा)को अयोजनामा बुटवलमा सुरु भएको महोत्सव नेपालका विभिन्न जतजाति समुदायका मौलिक जीवनशैलीलाई चलचित्र र वृत्तचित्रक मर्फत उजागर गर्ने कार्यको थालनी डेढ दशक देखि हुदै आएको चलचित्र महोत्सवका निर्देशक शंकर गाहाले जनकारी गराए । उनले शुरुका झण्डै आधा समयावधि सम्म त्यसको गति सुस्त र कमजोर रह्यो भने त्यसपछिको खास गरि आधा दशक यता त्यस कार्यले उल्लेखनीय र आशा लाग्दो गति लिएको जनकारी गराए । आदिवासी जनजातिहरुसंग सम्बन्धित बनाइएका यस्ता चलचित्रहरुले मनोरञ्जन प्रदानमा मात्र सिमित नभएर फरक सार्थक र ज्ञानवर्धक ढंगको रहेको भन्दै गाहाले अदिवासी चलचित्रले ऐतिहासिक भाषा संस्कृतिलाई जीवन्त प्रदान गर्ने बताए ।
यस महोत्सवले विशेषगरी मनोरञ्जनलाई भन्दा मातृभाषाको संरक्षण र जातिगत तथा सांस्कतिक मौलिकतालाई जर्गेना गर्ने तथा देशभित्र र बाहिर जगत्मा समेत परिचित गराउने उद्देश्यले प्रेरित रहने गरेका छन् । यस्ता चलचित्रहरुले आदिवासी जनजातिका परम्परागत थातथलोको चित्रण गर्नुका साथै दुर्लभ एवं दर्शनीय बहुलबादी सांस्कृतिक पक्षलाई सार्वजनिक गर्दै मुलुकको भौगोलिक तथा सांस्कृतिक पर्यटनलाई समेत बढावा दिने कार्यमा उल्लेख योगदान पुगेको छ । त्यस्तैले यस किसिमका महोत्सवको संरक्षण र प्रवद्धन गर्ने हामी सबैको दायित्व हो ।
महोत्सवलमा नेपाल आदिवासी चलचित्र महोत्सव –०७२ का निर्देशक शंकर गाहाले भने –“महोत्सवमा थकाली, मगर, लिम्बु तामाङ्ग, लिम्बु, गुरुङ्ग, थारु जातिसंग सम्बन्धीत ३ वटा चलचित्र र १० वटा वृत्तचित्र पदर्शन गर्दैछौं ।” बुधबार ११ः०० वजे देखि सुरु हुने महोत्सवमा सर्वसाधरणको लागि रु ५० र विद्यार्थीको लागि ५० प्रतिशत छुट रहेको अयोजकले जनाएको छ ।
