लमजुङको इलमपोखरीमा मिलन फाउण्डेशनको राहत वितरण

Read Time:4 Minute, 14 Second

रूद्र श्रीसमगर

लमजुङ, ३१ जेठ

मिलन फाउण्डेशन नेपालको आयोजनामा गत वैशाख १२ गते गएको महाभूकम्पले पूर्ण क्षति भएको इलमपोखरी लम्मुङमा राहत बितरण कार्यक्रम गाबिस सचिब राबण बरालको प्रमुख उपस्थितिमा बितरण गरीएको छ ।

भूकम्पको केन्द्रविन्दु नजिक गोर्खा लमजुङ सिमनामा पर्ने यी बिकट क्षेत्रहरु भुकम्पले पुर्ण ध्वस्त भएको छ । मिलन फाउण्डेशन नेपाल, एनेकपा(माओबादी) निकट जनप्रगतिशील मञ्च हङकङ र एच.के हेयर शैलुन जोर्डन हङकङको संयुक्त पहलमा सड्ढलन गरिएको लता कपडाहरु फाउण्डेसन सचिब मदन गुरुङको नेतृत्वमा ठाँडास्वाँरा–९, इलमपोखरी २८९जना भुकम्प पिडितहरुलाई ब्यक्तिहरुलाई बितरण गरिएको छ ।

सोहि गाउँको बुद्ध प्रा.वि को लागी जनप्रगतीशिल मन्च हङकङको सहयोगमा ५ बन्डल टिन (जस्तापाता) साथै पोखरा निवासी सामाजिक अभियन्ता सरिता गुरुङले सोहि विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीका लागी पोशक विद्यालयका प्राअ बिष्णु गुरुङलाई एक मुस्ट हस्तान्तरण गर्नु भयो । साथै पुरानो भवन पुर्ण क्षती भएको हुदाँ अहिले नयाँ बस्तीमा नै अस्थाइ टहर बनाएर कक्षा सञ्चालन गरी रहेको छ ।

साथै इलमपोखरी–७, घरेढु·का लागी पोखरा फाइन्नसकी म्यानेजर तथा पुर्ब मिस तमुस्यो नेपाल बुद्धलक्ष्मी गुरुङको सहयोगमा ३२ थान इर्मरजेन्सी सोलर लाईट र हङकङमा रहेकी अमृता गुरुङले पठाउनु भएको रु ५०,००० पैँया स्थानीय युवा कवि गुरुङ मार्फत सोही कार्यक्रममा संयोजकलाई हस्तान्तरण गरीयो । ठाँडस्वाँरा गाउँ सबै तामाङ समुदाय बस्ती भएको गाउँ रहेको साथै यहाँ अति नै भूकम्पले क्षेती पु¥याएको हुदाँ सम्पुर्ण गाउँ नै स्थानान्तरण भएको छ ।

त्यहा वडा संयोजक काजीमान तमाङका अनुसार अरु समय पनि खाद्यान्न अपुग हुने र भोकमारी समस्या हुने गरेको बताए ।

साथै अहिले सम्पूर्ण बस्ती गाउँबाट एक घण्टा माथी रहेको लेपारचोक भन्ने स्थानमा अस्थाई त्रिपाल मुनि बसिरहेको छ । अहिले खानेपानीको अति नै समस्य रहेको बुद्ध प्रा.वि का प्र.अ विष्णु गुरुङले जानकारी दिएकाछन । मिलन फाउण्डेसन नेपालका प्रमुख संरक्षक दुर्गा गुरुङ (मिलन) का अनार यस अघि नै लमजुङको पाचोक पर्वत जिल्लाको बाजुङ र गोर्खा रञ्चोकमा समेत राहत वितरण गरीसकेको र पाल्पा जिल्ला लगायत अन्य जिल्लामा चाडै नै राहत वितरण गर्ने कार्यक्रम रहेको बताए ।

उक्त कार्यक्रम मिलन फाउण्डेशनबाट सह(सचिव कमल थापा, सदस्यहरु भूपेन्द्र कुँवर, देवी गुरुङ, धनु गुरुङ, अन्तिम गुरुङ गण्डकी टेलिभिजनका बिनु थापा मगर समेत उपस्थिती रही कार्यक्रम सम्पन्न भएको थियो । इलमपोखरीका गाबिस सचिब राबण बरालले सम्पुर्ण सहयोगी दाताहरुलाई हार्दिक धन्यबाद दिनुका साथै यस्तो बिकटहरुमा थुप्रै समस्यहरु रहेको सरकारले मात्रै सबै समाधन गर्न नसक्ने हुदाँ दाताहरुलाई अगामी दिनमा पनि यस क्षेत्रमा सहयोग गर्न अनुरोध गरेका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %