भूकम्प प्रभाबितलाई कोरिया बस्ने पाल्पालीको सहयोग

Read Time:2 Minute, 3 Second

देब पचभैया

पाल्पा, जेठ ३१ – रोजगारीको लागी दक्षिण कोरिया रहेका पाल्पाली युवाहरुले जिल्लाका भुकम्प प्रभाबितको लागी ३ लाख ५१ हजार  नगद सहयोग गरेका छन् । आईतबार एक कार्यक्रमको आयोजना गरी नमस्ते पाल्पा परिवारका उपाध्यक्ष दिनेश श्रेष्ठ, निवर्तमान उपाध्यक्ष बुद्ध ढकाल, गंगाराम भण्डारी, अर्जुन विरकट्टा, आनन्द सारु , हिमाल सारु , विनोद घर्ती र हेम खाम्चा लगायतको सामुहिक टोलीले जिल्ला दैवी प्रकोप उद्धार समिति पाल्पाका प्रमुख एबं प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीलाई सो रकम  प्रदान गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण गर्दै नमस्ते पाल्पा परिवारका निवर्तमान उपाध्यक्ष बुद्ध ढकालले सेवा र बिकासको उद्देश्य राखेर सस्था संचालन भएको भन्दै बुटवल पाल्पा सडक खण्डमा हुने दुर्घटना न्यूनीकरण गर्न घुम्तिमा ऐना राख्न जिल्लालाई सहयोग गर्ने अभियान चलाएको जानकारी दिए ।

सहयोग रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले अहिले सम्म जिल्लाका भुकम्प प्रभाबितको लागी सरकारी रकम  बाहेक ४१ लाख भन्दा बढी नगद राहत संकलन भएको जानकारी दिए । राहतलाई पारदर्शी र दुरुपयोग हुन नदिने भन्दै जिल्लामा घरको पूर्ण क्षति भएका भूकम्प पीडित परिवारलाई १५ हजार नगद गाविस मार्फत पठाइसकेको जानकारी दिनुभयो ।

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %