मनोज घर्ती मगर
रेडिमेड ब्राण्डेड महिला पहिरनको लागि पोखरामा शो रुम संचालनमा आएको छ । ‘पम्पकिन आउटफिट’ नामको शो रुम संचालनमा आएको हो । भलिबल खेलाडि तथा नायिका सिपोरा गुरुङले रिबन काटेर शो रुमको शुभारम्भ गरिन् । शो रुमलाई व्यवसायी प्रतिमा गुरुङले संचालनमा ल्याएकी हुन् । ब्राण्डेड पहिरन लाउन खोज्ने महिलाहरुलाई लक्षित गरेर शो रुम संचालनमा ल्याएके संचालिका गुरुङले बताइन् । शो रुममा ५ सयदेखि १० हजार रुपैयाँसम्मको पहिरनहरु छन् ।
विश्वप्रसिद्ध ‘एच एण्ड एम’, ‘जारा’, ‘फरएभर २१’ जस्ता ब्राण्डका स्यान्डल, टिसर्ट, पाईन्ट, वन पिस, स्कर्टहरु शो रुममा उपलब्ध छ । शो रुममा राखिएका पहिरनहरु हङकङ, बङ्गलादेश, भारत र अमेरिकाका उत्पादन भएको गुरुङले दाबी गरिन् । शो रुम संचालनमा आएपछि पोखराका महिलाहरुले आफुले चाहेअनुसारको ब्राण्डेड पहिरन लाउन पाउने नायिका सिपोरा गुरुङले आश गरिन् । शो रुम संचालनमा आईसक्दासम्म ३५ लाख भन्दा बढि लगानी भैसकेको संचालिकाले बताईन् ।
