इजरायलमा मगरहरु बार्षिकोत्सव मनाउदै

Read Time:2 Minute, 18 Second

बसन्त रास्कोटी मगर

इजरायल, १३ जुन २०१५ – नेपाल मगर समाज इजरायलको बार्षिकोत्सव कार्यक्रम नेपाल मगर संघ केन्दीय अध्यक्ष महेन्द्र थापा मगरको उपस्थिति हुने भएको छ।

  आगामी जुलाई १७ ,२०१५ का दिन मगर समाज इजऱायलको दोस्रो बार्षिक उत्सब भव्यताका साथ मनाउने भएको छ ।मगर समाज इजऱायलको प्रथम अधिबेसन महेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा हुने भएको छ ।उक्त अधिवेशनले नयाँ कार्यसमिति समेत चयनका साथ मगर समाज इजऱायलका सम्पूर्ण सदस्यहरूलाई सदस्यता प्रमाण पत्र सहित आजिबन सदस्यता प्रमुख अतिथी अध्क्षय महेन्द्र थापा मगरको बाहुलिबाट बितरण गरिने भएको छ ।

उक्त अवसरमा इजरायलमा कार्यरत सम्पूर्ण मगर दाजुभाई तथा दिदीवहिनीहरुको सांगठनिक,वैचारिक, नेतृत्व विकास क्षमतालाई वृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्य-क्रम पनि हुने हुनाले उक्त कार्यक्रम नछुटाउन मगर समाज इजरायलले हार्दिक अपिल गरेको छ ।

सुचनामा भनिएको छ – सम्पूर्ण इजरायल्मा कार्यरत मगर दाजुभाई तथा दिदीवहिनीहरु अनिवार्य रुपमा उपस्थित भई कार्यक्रमलाई सफल बनाई दिनुहुन हार्दिक अनुरोध गर्दछौं । साथै मगर समाज इजरायलका अध्यक्ष श्री बसन्त रास्कोटीमगर ज्युले सम्पूर्ण सदस्य ज्यूहरूलाई यो पनि अनुरोध गर्दछ कि मगर समाज इजऱायलको नयाँ कार्यसमितिमा बस्न चाहने कोही इच्छुक दाजु भाई तथा दिदीबहिनीहरूलाई मगर समाज इजऱायलको सामाजिक क्षेत्रमा काम गर्न साथै मगरहरुलाई एकबद्द गराउनकोलागि यो सूचना जारी गरेको एक हप्ता भित्रमा आफनो उम्मेद्बारी दर्ता गराउन अनुरोध गरिएको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %