नेपाल सहितको त्रिपक्षीय सम्झौता गर्न माग
देब पचभैया
पाल्पा, जेठ २६ – राष्ट्रिय जनमुक्ति पार्टीले लिपु लेक सम्बन्धमा भारत र चिन बीचमा भएको संझौता प्रति आपत्ती जनाएको छ ।

यही जेठ २२ र २३ गते चितवनमा सम्पन्न पार्टीको केन्द्रिय समिति बैठकको निर्णय सार्बजनिक गर्न सोमबार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचार बिभाग प्रमुख टोप अस्लामीले लिपुलेक सम्बन्धमा नेपाल सहितको त्रिपक्षीय सम्झौता हुनुपर्ने पार्टीको माग रहेको जानकारी दिए ।
केन्द्रिय समितिका उपमहासचिब समेत रहेका अस्लामीले बर्तमान सरकार हरेक हिशाबले असफल भएको भन्दै सर्बदलिय र सर्बपक्षिय सरकार बनाउनुपर्ने पार्टीको माग रहेको बताए । बैशाख १२ गतेको महाभुकम्प साथै त्यसपछि सृजित राष्ट्रिय परिस्थितिमा बर्तमान सरकार मुलुकको सार्बभौमिकता, जनउत्तरदायित्व र राष्ट्रियता लगाएतका सबै बिषयमा असफल भएको बैठकले निष्कर्ष निकालेको उनको भनाई छ ।
राष्ट्रिय जनमुक्ति पार्टीको सिफारिसमा समानुपातिक सभासद बनेका दुबै सभासद शिबलाल थापा र सिमा बिकेले गएको फागुन १९ गतेनै पार्टी त्यागी नया दल गठन गरेपछि आफुहरुले सभामुखलाई जानकारी गराई नया सभासदको नियुक्ति गर्न माग गरेपनि संबिधान सभाका अध्यक्षले बेवास्ता गरेको आरोप लगाए ।
सभामुखको कार्यले लोकतान्त्रिक संसदिय प्रणालीलाई उपहास गरेको भन्दै उनले आफुहरु कानुनी प्रकृयामा जाने तयारी गरेको जानकारी दिए ।
महाभुकम्प पछाडि राष्ट्रिय बिपत्तिमा सरकारी स्तरबाट राहात बितरण कार्यमा समेत ब्यापक भ्रष्टाचार भएको भन्दै यस्ता बिषयहरुमा अक्तियार दुरुपयोग अनुसन्धान आयोगले अबिलम्ब छानबिन गर्नुपर्नेमा उनको जोड थियो ।
दाताहरु बाट प्राप्त अनुदानहरुको उचित बिवरण भए नभएको सम्बन्धमा पार्टीको तर्फबाट अनुगमन गर्न आबश्यक सदस्यहरु संयोजकले नै तोक्नेगरी पार्टी अध्यक्ष एम, एस थापा संयोजक रहेको एक अनुगमन समिति निर्माण गरीएको अस्लामीले जानकारी दिनुभयो । बैशाख १२ को महाभुकम्प बाट प्रभाबित क्षेत्रहरुमा पार्टीको तर्फबाट पुर्नस्थापना तथा पुर्ननिर्माण अभियान संचालन गर्न केन्द्रिय तहमा महासचिब केशब सुर्यबंशी र प्रादेशिक तहमा राज्य ईन्चार्जहरुले नेतृत्व गर्ने गरी स्वयम सेवक परिचालन गर्ने निर्णय भएको उनको भनाई छ ।
संघियताको संदर्भमा पार्टी द्धारा संबिधान सभामा पेश गरिएको १२ प्रदेशको अवधारणालाई नै कायम गर्न प्रयास गरिने अस्लामीले जानकारी दिए । पत्रकार भेटघाट कार्यक्रममा पार्टीका संघिय परिषद सदस्य केयर सिंग रानाले पार्टी त्यागेर नया दल बनाउने हरुले राट्रिय जनमुक्तिपार्टी नै सकियो भन्ने गरी अफबाह फैलाएको भन्दै नया दलले आफुहरुलाई कुनै असर नगर्ने दाबी गरे । गोरेबहादुर खपाङगीले पनि नया दल गठन गर्दा पार्टीलाई कुनै असर नगरे जस्तै अहिले पनि केही फरक नपर्ने उनको भनाई छ ।
पार्टीको चितवनमा सम्पन्न १७ औ केन्द्रिय समितिको बैठकमा ७० प्रतिशत बढी सदस्यहरुको सहभागीता रहेकाले पनि नया दल गठनले कुनै फरक नपर्ने रानाले जानकारी दिए ।
तानसेनको होटल ह्वाईटलेकमा भएको कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी पाल्पाका अध्यक्ष खुम बहादुर सिंजालीले केही नेताले ब्यक्तिगत फाईदाको लागी नया दल बनाउदैमा पार्टीलाई कुनै असर नगर्ने दाबी गरे ।
