बागलुङ–पोखरा मगर समाजद्वारा काभ्रेका भूकम्पपीडितलाई राहत वितरण

Read Time:1 Minute, 16 Second

रूद्र श्रीसमगर

पोखरा, २४ जेठ

भूकम्प प्रभावित जिल्ला काभ्रेका भूकम्प पीडितलाई बागलुङ–पोखरा मगर समाजले राहत वितरण गरेको छ ।

काभ्रेको बनेखु, पाँचखाल लगायतका भूकम्प प्रभावित क्षेत्रका १ सय ८ जना भूकम्प पीडितलाई त्रिपाल वितरण गरिएको हो । समाजका निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक भीम बहादुर श्रीसको नेतृत्वमा गएको राहत वितरण टोलीले त्रिपाल वितरण गरेको हो । राहत सामग्री वितरण कार्यक्रममा समाजका सल्लाहकार संयोजक श्रीससहित आदिवासी जनजाति विद्वान् प्रा.डा. ओम गुरुङ, आदिवासी जनजाति अगुवा नगेन्द्र राईलगायतले बोलेका थिए ।

स्थानीय भूकम्पपीडित कान्छाराम तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कपिल पुनले गरेका थिए भने सोनाम तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %