दमौलीमा पत्रकारिता तालिम सम्पन्न

Read Time:1 Minute, 42 Second

रूद्र श्रीसमगर

पोखरा, २३ जेठ

नेपाल आदिवासी जनजाति महासङ्घ व्यास नगर समन्वय परिषद् दमौलीको आयोजना तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) तनहुँको संयोजनमा आदिवासी जनजाति युवाहरूका लागि एक दिवसीय पत्रकारिता तालिम शनिबार सम्पन्न भएको छ ।

सो तालिममा कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख प्रशिक्षक पत्रकार रूद्र बहादुर श्रीस, रेडियो भानुभक्तका स्टेशन म्यानेजर एवं फोनिज तनहुँका अध्यक्ष राज कुमार श्रेष्ठ र सचिव प्रताप रानाले प्रशिक्षण दिएका थिए ।

तालिम समापनका क्रममा प्रमुख प्रशिक्षक श्रीससहित नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका पूर्व अध्यक्ष शंकर नारायण श्रेष्ठ, प्रशिक्षार्थीहरू मनोज राना, पुष्पा थापा, संगीता गुरुङलगायतले बोलेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ व्यास नगर समन्वय परिषद्का अध्यक्ष ले.देव बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन फोनिज तनहुँका सचिव प्रताप रानाले गरेका थिए भने अध्यक्ष राज कुमार श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %