नगर विकास गर्न टोल सुधार समिति गठन

Read Time:2 Minute, 46 Second

गोविन्द घर्ती

देवदह जेठ २३ । टोल सुधार समितिलाई राजनीतिबाट टाढा राख्नु पर्ने रुपन्देहीको देवदह–८, शितलनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले समाजको विकासको लागि टोल सुधार समितिको अह्म भूमिका भएकाले समाजको विकासमा स्वतन्त्र रुपमा काम गर्नु पर्नेमा जोड दिएका थिए । टोल सुधार समिति देवदहको संयुक्त बैठकमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएक हुन । सो अवसरमा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले टोलको विकास गर्न टोल सुधार समिति गठन गरेकोले देवदह नगरपालिका संग भएको श्रोत साधनलाई प्रयोग गरेर समाजको विकास गर्नु पर्ने बताए ।

नगरपालिकाले देवदह क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरी अगाडि बढिरहेको हुदा टोल सुधार समितिहरुले सरसफाईलाई बढि ध्यान दिनु पर्नेमा जोड दिए । अधिकृत घिमिरेले देवदह क्षेत्रमा लागु औषधको विकविकि रहेको हुदा टोल सुधार समितिहरुले आफनो टोलमा रहेका लागु औषधकर्ताहरुलाई नियन्त्रण गर्नु पर्नेमा जोड दिनु भयो । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगर विकास समितिका अध्यक्ष डिल्लीराज मरासिनी, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सिद्धिचरण भट्टराई, एमाओवादीका जिल्ला सदस्य कृष्ण ढकाल, नेपाली काग्रेसका क्षेत्रीय सचिव वासुदेव रिमाल, नेकपा एमाले देवदहका अध्यक्ष विद्यालक्ष्मी गुरुङ्ग, देवदह साप्ताहिकका त्रिलोचन दहाल, प्रगति टोल सुधार समितिका अध्यक्ष चक्रपाणी न्यौपाने लगायतले बोल्दै टोल सुधार समितिको कार्य क्षेत्र र अधिकारको वारेमा नगरपालिकाले स्पष्ट पार्नु पर्नेमा जोड दिएक थिए । कोम लप्रसाद पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %