गोविन्द घर्ती
देवदह जेठ २२ । विश्व वातावरण दिवसको अवसरमा भगवान गौतम बुद्धको मावली स्थल रुपन्देहीको देवदह नगरपालिका–४, भवानीपुरमा सरसफाई तथा डस्टवीन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मगर युवा संघ र नेपाल मगर महिला संघ देवदहको संयुक्त आयोजनामा सरसफाई, डस्टवीन हस्तान्तरण तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएकोे हो । सो अवसरमा बोल्दै वातावरण बचाउन आफनो गाउ घरमा सरसफाई गर्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले बातावरण संरक्षण गर्न वन जंगल बचाउनु पर्ने भन्दै त्यसको लागि सचेतना कार्यक्रमको आवश्यकता रहेको बताएका थिए । कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै नेपाल मगर युवा संघ देवदहका अध्यक्ष विनोद थापाले सामाजिक दायित्व पुरा गर्ने क्रममा संघले महत्वपूर्ण कामहरु गरीरहेको बताएका थिए ।
थापाले गौतम बुद्धको मावली स्थल देवदहलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने उद्देश्यले सरसफाई तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको बताए । ऐतिहासिक क्षेत्रलाई स्वच्छ र सफा राख्नको लागि कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समितिका अध्यक्ष चन्द्र बहादुर राना र उपाध्यक्ष विष्णु ज्ञवालीलाई सरसफाई डस्टवीन हस्तान्तरण गरिएको थियो ।
संघका अध्यक्ष विनोद थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ देवदहका अध्यक्ष लाल बहादुर दर्लामी, नेपाल मगर महिला संघका जिल्ला सदस्य शोभा थापा, देवदह समितिका अध्यक्ष उमाया थापा, देवदह साप्ताहिकका त्रिलोचन दहाल, थान प्रसाद बुढाथोकी, श्रीप्रसाद पुन, चन्द्र बहादुर राना लगायतले बोल्दै वातावरण संरक्षणमा सवै आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिएका थिए । दिलमाया सिंजालीको स्वागत र रिम थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
