भुकम्पले भत्किएपछि गाउलेले बनाए अस्थाई कक्षाकोठा

Read Time:1 Minute, 32 Second

देब पचभैया

 

(भुकम्पले भत्किएको गिजनचौर प्राबि कोलडाडा पाल्पाको बिधालय कक्षा कोठा)

  पाल्पा, जेठ १८ – गएको बैशाख १२ र २९ गतेको भुकम्पले बिधालयको कक्षा कोठा भत्किए पछि गिजनचौर(खरबारीको चौर) प्राबि कोलडाडा पाल्पाका अभिभावक हरुले अस्थाई कक्षाकोठा निर्माण गरी पठन पाठन सुचारु राखेका छन् ।

स्थानिय ६७ घर परिवारले प्रतिघर एक सयका दरले पैसा उठाएर जस्तापाता किनेको र एक दिनको श्रमदान गरी अस्थाई कक्षाकोठा निर्माण गरि पठन पाठन सुचारु राखिएको बिधालयका प्रध्यानाध्यापक लालुसरा सारुले जानकारी दिइन । 

(स्थानियबासिले आफ्नै लगानिमा बनायको अस्थाइ कक्षा कोठा)

भुकम्पले भत्किएको भवनमा जिल्ला शिक्षा कार्यालयबाट खटिएको प्राबिधिकले खतरा भनी बिधालयको भित्तामा रातो कार्ड टासिदिएकाले अस्थाई टहरा निर्माण गरेको ब्यवस्थापन समितिका अध्यक्ष तिलक सिंग चौहानले जानकारी दिए ।

कक्षाकोठा भत्किएको डेढ महिना सम्म पनि सरकारको तर्फबाट कुनै सहयोग नपाएको चौहानको भनाई छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %