देब पचभैया
पाल्पा, जेठ २० – भुकम्पले क्षति पुर्याएका गाउलेको सहयोगको लागी पाल्पाको ठिमुरे गाबिसभरी सहयोग रकम संकलन गर्ने अभियान शुरु भएको छ ।
घर भड्किएकाहरुले पनि सरकारको तर्फ बाट एउटा त्रिपाल मात्रै पाएकोले बर्षामा झन दुख पाउने भन्दै छिमेकीको सहयोगको लागी गाबिस भरी नै अभियान चलाईएको ठिमुरे ३ का तुलबहादुर जिसिले जानकारी दिए । ३५ घर पुर्ण क्षति भएको ठिमुरेमा अहिले सम्म गाउभरीबाट २० हजार बढी रकम संकलन भएको छ ।गाउलेहरुले आफुखुशि दुई सय देखि पाँच सय सम्म सहयोग गरेका छन् ।
स्थानिय समाजसेवी गिरबहादुर पचभैया थापा मगरका अनुसार त्रिपाल मुनि बसेकाहरुलाई तत्काल सहयोग गर्ने र सहयोग बाट उठेको पैसालाई बर्षामा आउन सक्ने समस्यामा प्रयोग गर्ने जानकारी दिए ।
वडा वडामा रहेका महिला समुह मार्फत रकम संकलनको अभियान थालेको गाउलेहरुले बताएका छन् ।
