नेपाल मगर सङ्घ कास्कीको २१ औं जिल्ला सम्मेलन

Read Time:2 Minute, 6 Second

रूद्र श्रीसमगर

पोखरा, १७ जेठ

नेपाल मगर सङ्घ कास्कीको २१ औं जिल्ला सम्मेलन तथा सातौं जिल्ला अधिवेशनबाट नवनिर्वाचित नेतृत्वलाई मेनोको फिल्मस् एण्ड मिडिया हाउस र रैंयाँ मगर महिला सञ्चारकर्मी समूहले भेटघाट तथा बधाई ज्ञापन गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रमका बीच मेनोको फिल्मस् र रैंयाँ मगर महिला सञ्चारकर्मी समूहले खादा तथा पुष्प गुच्छाद्वारा बधाई दिएका हुन् । बधाई ग्रहणपछि बोल्दै नेपाल मगर सङ्घ कास्कीका नवनिर्वाचित अध्यक्ष पूर्ण बहादुर रानामगरले संस्थागत रूपमा सहकार्य गर्न आफूहरू तयार रहेको बताए । सङ्घसम्बद्ध विभिन्न भ्रातृसंस्थाहरूलाई जिल्ला कार्यसमितिमा मनोनित गरेर आमन्त्रित सदस्यका रूपमा ल्याउने तयारी भइरहेको जानकारी गराउँदै अध्यक्ष रानामगरले त्यसो भएमा मगर सङ्घ संस्थाहरू बीच समन्वयको अभाव नहुने प्रष्ट पारेका थिए ।

कार्यक्रममा जिल्ला उपाध्यक्ष मे.प्रेम बहादुर थापामगर, सह–सचिव संगीता पुनमगर, मगर आमसञ्चारकर्मी समाज, कास्कीका सचिव रूद्र बहादुर श्रीसमगर लगायतले बोलेका थिए । मेनोको फिल्मस् एण्ड मिडिया हाउसकी अध्यक्ष एवं मगर चलचित्र रैंयाँकी निर्मात्री तारामाया थापामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन रैंयाँ मगर महिला सञ्चारकर्मी समूहकी सदस्य उमा आलेमगरले गरेकी थिइन भने संयोजक मीना थापामगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %