गोबिन्द घर्ती
जेठ १७ । दुधको लागत मूल्य घटाउन कृषकहरु घास खेती तर्फ उन्मुख हुनुपर्ने नेपाल डेरी एसोसिएसनका केन्द्रिय सचिव हिरा बहादुर खत्रीले बताएका छन । सचिव खत्रीले देवदह क्षेत्र दुग्ध उत्पादनको पकड क्षेत्र भएकाले कृषकहरु व्यवसायीक पशुपालन तर्फ लाग्नु पर्नेमा जोड दिए । शान्तिनगर दुग्ध उत्पादक सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभा तथा छैठौ अधिवेशनलाई सम्बोधन गर्दै खत्रीले उक्त कुरा बताएको हो । शिव गंगा डेरी उद्योगका सञ्चालक समेत रहेका सचिव खत्रीले विनासकारी भूकम्पले गर्दा दुग्ध कारखानाहरुमा क्षति पुगेकाले दुधको व्यवस्थापनमा समस्या देखिएको बताए । संस्थाका अध्यक्ष प्रमोद खनालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार डिल्लिराज मरासिनी, मोतिलाल ढकाल, उद्योग व्यापार संगठन देवदहका अध्यक्ष गोविन्द ठड्राइ देवदह साप्ताहिकका त्रिलोचन दाहाल, संस्थाका सदस्य देवि ढकाल लगायतले बोलेका थिए ।
संस्थाका उपाध्यक्ष मुमानन्द ढकालको स्वागत र लेखा समिति संयोजक शिवप्रसाद काफलेको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा प्रवेशिका परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र उत्कृष्ट कृषकलाई सम्मान गरिएको थियो । अधिवेशनले पुनः प्रमोद खनालको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको छ । जसको उपाध्यक्षमा मुमानन्द ढकाल, सदस्यहरुमा चुरामणि गैरे, कमल पाण्डे, खेमप्रसाद अधिकारी, गंगाधर ढकाल, शान्ति काउचा, देवकी पराजुली, देवी ढकाल, गंगाराम ढकाल र रन बहादुर क्षेत्री रहेका छन । त्यस्तै संस्थाको लेखा समितिको संयोजकमा शिव प्रसाद काफले र सदस्यहरुमा ईन्दिरा खरेल र कालिका अर्याल रहेका छन ।
