नेकपा एमाले ईलाका नं १ को सातौ अधिवेशन

Read Time:2 Minute, 34 Second

गोविन्द घर्ती

देवदह जेठ १६ । एमालेको नीति तथा कार्यक्रम लागुहुन नसक्दा देश पछि परेको नेकपा एमालेका उपमहासचिव घनश्याम भूषालले बताएका छन । भूषालले नागरिकलाई रोजगारी वा बेरोजगार भत्ताको व्यवस्था गर्ने संविधानमा उल्लेख गर्नु पर्नेमा जोड दिए । उपमहासचिव भूषालले जनताको अधिकार सुनिश्चित हुने गरी संविधान जारी गर्ने मिति एकिन हुनु पर्ने बताए । रुपन्देहीको धकधईमा आयोजित नेकपा एमाले क्षेत्र नं १ अन्ततर्ग ईलाका नं १ को सातौ अधिवेशनलाई सम्वोधन गर्दै भूषालले उक्त कुरा बताएको हो । नेता भूषालले देशलाई अगाडि बढाउने र समृद्धि नेपाल बनाउने योजना नेकपा एमाले संग मात्र भएको दावी गरे । नेता भूषालले स्थानीय तहको विकास हुन सकेमात्र समग्र राष्ट्रको विकास हुने हुदा राज्यले स्थानीय निकायलाई बढि रकम विनियोजन गर्नुपर्नेमा जोड दिए ।

ईलाका नं १ का अध्यक्ष मातृका यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एकराज बहादुर विक, पुर्व केन्द्रीय सल्लाहकार वावुराम चौधरी, पार्टीका जिल्ला अध्यक्ष भोज प्रसाद श्रेष्ठ, पुर्व अञ्चल सदस्य श्रीराम यादव, क्षेत्रीय ईन्चार्ज धुर्व प्रसाद खरेल, सचिवालय सदस्य सिद्धिचरण भट्टराई, जिल्ला सदस्यद्धय जागेश्वरी चौधरी, रेवती घले, क्षेत्रीय अध्यक्ष निलकण्ठ पौडेल, एजाज आलम, ताहिर अलि, दिपक यादव, डिल्लीराज सापकोटा लगायतले बोल्दै नेकपा एमालेको नेतृत्व विना देशले फड्को मार्न नसक्ने दावी गरेका थिए । पार्टीको क्षेत्रीय सचिव बोधराज गौडेलको स्वागत र जिल्ला सदस्य शैलेन्द्र उपाध्यायको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %