बिदेशीले करौडौ खर्च गरे भन्ने कुरा बेकार – मन्त्री खड्का

Read Time:6 Minute, 43 Second

परम्परागत शैलीमा मुचुल्का उठाएर काम गर्दा भुकम्प पिडितले राहात पाउन ढिलाई भएको मन्त्री खड्काले स्विकारे । 

देब पचभैया 

  पाल्पा, जेठ १३ – शहरी बिकास तथा भवन निर्माण मन्त्री नारायण खड्काले परम्परागत शैलीमा मुचल्का उठाउदै हिड्दा भुकम्पले पारेको प्रभाबको अथार्थ बिवरण आउन समय लागेकोले आधुनिक सुचना प्रबिधिको प्रयोग गरी क्षतिको बिवरण संकलन गरी पिडितलाई राहत दिन आग्रह गरेका छन ।

लुम्बिनि अंचलका ६ जिल्लामा भुकम्पले पारेको प्रभाबको बारेमा अध्ययन गर्ने क्रममा बुधबार तानसेनमा आएका मन्त्री खड्काले एक महिना बितिसक्दा पनि जिल्लाको अर्थाथ बिबरण आउन नसकेको भन्दै गाबिसका सचिब र प्रहरीलाई खटाएर दैनिक बिवरण संकलन गर्न निर्देशन दिए ।

जिल्ला प्रशासन कार्यालय पाल्पा द्धारा आयोजित भुकम्पले पारेको प्रभाब र राहत बितरणको अवस्था बिषयक अन्र्तक्रिया कार्यक्रममा स्थानिय बिकास अधिकारी कृष्ण पाण्डेले दिनुभएको जानकारी पुरानो भएको र क्षतिको बिवरण थपिएको भन्दै बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुलेनै  गुनासो गरेपछि मन्त्री खड्काले आधुनिक सुचना प्रबिधिको प्रयोग गरी क्षतिको बिवरण अपडेट गरी राहात बितरण गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।

काठमाण्डौमा बसेर पाल्पाको घर आगन हेर्न सकिने प्रबिधिको बिकास भैसकेको समयमा एक महिना बितिसक्दा पनि भुकम्पको क्षतिको बिवरण आउन नसक्नु दुखद भएको उनको गुनासो थियो ।

बिपद बाट बच्नचको लागी बिगत र बर्तमान सरकारले पुर्ब तयारी गर्नुपर्नेमा त्यसो गर्न नसेकेको भन्दै मन्त्री खड्काले भुकम्पले पारेको क्षतिमा भौतिक निर्माण भन्दा पनि मानसिक पुर्ननिर्माण गर्नुपर्नेमा जोड दिए । सोच र कामहरु सकारात्मक हुनुपर्नेमा जोड दिदै मन्त्री खड्काले बिपदको बेलामा सबै नेपाली एक भएर अघि बढ्नु अहिलेको आवश्यकता भएकोमा जोड दिए ।   बिदेशीले करोडौ सहयोग गरेका छन्  , डलरका डलर उठेका छन् तर माथिका नेता र मन्त्रीले खाइरहेका छन् भन्ने समाचारहरु अहिले पनि आईरहेको भन्दै उनले त्यसमा कुनै सत्यता नरहेको बताए ।

१ करोड डलर दिन्छु भनेका देशहरुले उद्धारको लागी पठाएका जहाज , पाईलट, उद्धारकर्मीहरुको खान्की र  बसाईमै कटाएकाले बिदेशीको सहयोगमा आसा राख्नु भन्दा स्देशकै जनता एक भएर राहात संकलनमा अधि बढ्नु उत्तम हुने उनको भनाई छ । अहिले सम्म एडिबिले ३० करोड र भुटानका प्रधानमन्त्रीले १० लाख डलर चेक दिएको भन्दै मन्त्री खड्काले त्यसबाहेक बिदेशबाट कुनै पनि सहयोग प्राप्त नभएको जानकारी दिए ।

पाल्पाका चारै जना सभासदलाई संगै राखेर बोलेका काग्रेस नेता समेत रहेका मन्त्री खड्काले भुकम्प पिडिटको सहयोगमा राजनिति गर्नु राम्रो नहुने बताए । कार्यक्रममा सभासद्हरु हरिप्रसाद नेपालले भुकम्पबाट बालबालिका र महिला त्रसित भएकाले उनीहरुको व्यवस्थापनमा सरकार लाग्नुपर्नेमा जोड दिए । सभासद् सोमप्रसाद पाण्डेले मध्यम् क्षति भएका घरमा बस्न सक्ने अवस्था नरहेकोले उनीहरुलाई समेत राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिए । अर्का सभासद् राधाकृष्ण कँडेलले अहिले जनतालाई ओत लाग्न कर्कत पाता छिटोभन्दा छिटो वितरण गर्नुपर्ने बताए । अर्का सभासद् तुलसा रानाले अब जनतालाई पाल भन्दा पनि अस्थायी टहरा निर्माण गरेर सहयोग गर्नुपर्ने बताए ।

छलफल कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर राना, नेकपा एमालेका अध्यक्ष देवीप्रसाद बस्याल, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नेत्रप्रसाद पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, राप्रपाका अध्यक्ष डुलबहादुर कुँवरले राहत रामग्री छिटोभन्दा छिटो वितरण गर्नुपर्नेमा जोड दिए ।

यस्तै रेडक्रस पाल्पाका सभापति बुद्धिप्रसाद शर्माले आंशिक भत्केका घरहरुबाट वर्षातमा झन समस्या हुन सक्ने तर्फ सचेत हुनुपर्नेमा जोड दिए । नेपाल नागरिक समाजका चित्रवलीराम सुवालले आस्थाको आधारमा राहत वितरण भएको गुनासोलाई कम गर्नुपर्ने बताए ।

कार्यक्रममा विपद् व्यवस्थापन समितिका सदस्य सचिव तथा स्थानीय विकास अधिकारी कृष्णप्रसाद पाण्डेले जिल्लामा भएका राहत, पुनस्र्थापना, उद्दार कार्यका बारेमा जानकारी दिए । यस्तै जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमूखहरुले भुकम्पबाट सरकारी संरचनामा परेको प्रभावका विषयमा जानकारी दिएका थिए । कार्यक्रम प्रमूख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको सभापतित्व र सहायक प्रमूख जिल्ला अधिकारी विष्णुबहादुर घर्तीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %