भूकम्पका घाइतेलाई आमा समूहले खाना खुवाए

Read Time:1 Minute, 47 Second

रूद्र श्रीसमगर

पोखरा, १३ जेठ – पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा उपचाररत भूकम्पका घाइते र तिनका बिरामीहरूलाई जनजागृति आमा समूह, पोखरा–१५, तल्लो नयाँगाउँले सोमबार बिहानको खाना खुवाएको छ ।

सो अस्पतालमा उपचाररत भूकम्पका घाइते बिरामी र कुरुवासहित ७० जनालाई खाना खुवाइएको समूहकी कोषाध्यक्ष अनिता गुरुङ श्रेष्ठले जानकारी दिए । खाना आमा समूह आफैंले तयार पारेको थियो भने खानाको सम्पूर्ण खर्चका लागि समूहकी कोषाध्यक्ष अनिता गुरुङ श्रेष्ठ र उहाँका श्रीमान् हाल अमेरिकामा रहेका रविकुमार श्रेष्ठले सहयोग गरेका हुन ।

त्यसैगरी, अस्पतालमा उपचाररत भूकम्पका घाइते एवं बिरामीहरूलाई आमा समूहकी सदस्य हुमकुमारी गदाल र अनिल गुरुङको सहयोगमा जुस समेत वितरण गरिएको थियो । गदालले दुई कार्टुन जुस र गुरुङले दुई कार्टुन जुस र तीन जार पानी सहयोग गरेका थिए ।

आमा समूहका अध्यक्ष विमला गुरुङ, उपाध्यक्ष सुकमाया श्रीस, सह–सचिव सुशीला थापा र कोषाध्यक्ष अनिता गुरुङ श्रेष्ठलगायत अन्य सदस्यहरूसहित २० जनाको टोली खाना खुवाउनका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %