तनहुँमा आले मगर सचिब

Read Time:1 Minute, 14 Second

रूद्र श्रीसमगर

पोखरा, ९ जेठ – नेकपा (एकीकृत) तनहुँको सचिवमा लेखबहादुर आले निर्वाचित भएका छन ।

सदरमुकाम दमौलीमा भएको पार्टी समर्थकहरूको भेलाले आलेलाई सचिवमा निर्वाचित गरेको हो । सो भेलाले श्रीबहादुर सुनारी, तिलकबहादुर थापालगायतलाई सदस्यमा चयन गरेको छ ।

सो अवसरमा बोल्दै पार्टीका केन्द्रीय सदस्य रामजी थापाले आमूल परिवर्तनका लागि क्रान्तिकारी सिद्धान्त बोकेको पार्टीमा समाहित हुन आह्वानगरे । भेलामा पार्टीका तमुवान प्रदेश सचिव भीमबहादुर श्रीसले समेत बोलेका थिए ।

भेलाले भूकम्पपीडितहरूलाई उचित राहत तथा पुनःस्थापनाका लागि सरकारसँग आग्रह गरेको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत सो भेलाले गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %