रूद्र श्रीसमगर
लेखनाथ, १३ जेठ – नेपाल मगर सङ्घ बुढीबजार एकाइ समितिको पाँचौं साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा क्या. पूर्णबहादुर पल्लीमगर निर्विरोध निर्वाचित भएका छन ।
शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा कर्णकुमारी थापामगर, सचिवमा भोजबहादुर थापामगर, सह–सचिवमा प्रेम पल्लीमगर, कोषाध्यक्षमा कृष्णकुमारी थापामगर र सह–कोषाध्यक्षमा फूलमाया रानामगर चयन भएका छन ।
त्यसैगरी, सदस्यहरूमा रामबहादुर रानामगर, पूर्णबहादुर आलेमगर, तारा थापामगर, फूलमाया थापामगर, कमल सारूमगर, धनबहादुर आलेमगर, भीमकुमारी सारूमगर, नेत्रमाया थापामगर र हरिबहादुर लामिछानेमगर रहेका छन ।
सो अधिवेशनको उद्घाटनसत्रमा नेपाल मगर सङ्घ कास्कीका जिल्ला संगठन विभाग प्रमुख गुमानसिंह थापामगर, सह–सचिव संगीता पुनमगर, जिल्ला सदस्य बेलबहादुर थापामगर, कदममार्ग एकाइ समितिकी अध्यक्ष सुनमाया आलेमगरलगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
निवर्तमान अध्यक्ष गणेशबहादुर आलेमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव भोजबहादुर थापामगरले र कोषाध्यक्ष नारायण काउछामगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
