अर्मलामा राहत वितरण

Read Time:1 Minute, 18 Second

रूद्र श्रीसमगर

पोखरा, ९ जेठ – साबिकको अर्मला गाविस हाल पोखरा उप–महानगरपालिका वडा नं. २८, अर्मलाका २८ भूकम्पपीडितलाई राहत रकम वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी अर्मला उपशाखाको आयोजनामा भएको कार्यक्रममा १ लाख ११ हजार ३३ रुपैयाँ राहत रकम वितरण गरिएको हो ।

कास्की जिल्ला पोखरा–२८, साबिकको अर्मला–५, स्थायी घर भइ हाल बेलायतमा कार्यरत कलर सार्जन इन्द्रबहादुर गुरुङ, श्रीमती शारदा गुरुङ, जेठा छोरा इञ्जिनियर अपिल गुरुङ, कान्छा छोरा फेशन डिजाइनर अञ्जन गुरुङ, कान्छी बुहारी दन्त चिकित्सक नयन गुरुङको पहलमा संकलित सो राहत रकम वितरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी अर्मला उपशाखाका सभापति रेशमलाल आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन दीपक आचार्यले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन क्या. सोमबहादुर गुरुङले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %