जापानमा रहेका स्याङ्जालीले सहयोग गरे

Read Time:2 Minute, 3 Second

विनोद रखाली मगर

गल्याङ् , जेठ १० – वैशाख १२ र २९ गते गएको विनाशकारी भुकम्प देखि प्रभावित स्याङ्जाका गरिव , अतिविपन्न करिव १०० घर परीवार लाई स्याङ्जा सहयोग समाज जापानले जस्ता पाता वितरण गर्ने भएको छ ।

आइतवार स्याङ्जाको वालिङ्मा आयोजित पत्रकार सम्मेलनमा वोल्दै स्याङ्जा सहयोग  समाज जापानका कोषाध्यक्ष तथा राहत सङ्कलनका सयोंजक सुरेश रेग्मीले जिल्लाका तिन क्षेत्रमा गरी ५ स्थानमा वितरण कार्य मङ्गलवार देखि अघि वढाइने जनाए । रेग्मीले जेठ १२ गते मङ्गलवार जिल्लाको क्षेत्र  न. ३ , गल्याङ् र मिर्मिमा गरी ३५ घर परिवारलाई १२ फुट को १ वण्डल जस्ता उपलव्ध गराइने वताएका छन् ।  

स्याङ्जा सहयोग समाज जापानले जापानको विभिन्न क्षेत्रमा सङकलन गरेको सहयोग जिल्लामै वितरण गर्न लागेको हो । समाजले क्षेत्र न. २ मा २५ घर परिवार , क्षेत्र न. १  मा २५ घर परिवारलाई पहिलो चरणमा जस्ता वितरण गर्ने भएको हो । विभिन्न गाविसका भुकम्प देखि विस्थापित अतिविपन्न, गरिव परिवारको तथ्याङ्क सङ्कलन गरेको जनाउदै जिल्लाको वयरघारी, सेतिदोवान , पुतलिवजार नगरपालिकामा पनि राहत वितरण गरीने जनाएको छ ।

विभिन्न सन्चार माध्यमका पत्रकारहरुको उपस्थिती रहेको पत्रकार सम्मेलनको सन्चालन स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका सयोंजक अनन्तकुमार श्रेष्ठले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %