देब पचभैया
पाल्पा, जेठ ११ – तानसेन स्थित युनाईटेड मिशन अस्पतालका कर्मचारीहरुले पाल्पामा भुकम्प बाट प्रभाबितहरुको लागी ४ लाख ८४ हजार २८ रुपिया सहयोग गरेका छन् ।
अस्पतालमा कार्यरत ४ सय स्वदेशी र १५ जना बिदेशी गरी ४ सय १५ जना कर्मचारीबाट संकलित रकम अस्पतालका निर्देशक डाक्टर रचेल कारक र कर्मचारी संगठनका अध्यक्ष रामनारायण क्षेत्रीले सोमबार पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीलाई हस्तान्तरण गरेको अस्पतालका कर्मचारी प्रबन्धक गणेश घिमिरेले जानकारी दिए ।
कार्यक्रममा अस्पतालका प्रशासकिय अधिकृत भुवनेश्वर देबकोटा , पाल्पाका प्रहरी प्रमुख सुमन कुमार तिमिल्सिना , पत्रकार लगाएतको सहभागीता थियो ।
गएको बैशाख १२, १३, २९ गते र त्यपछि आएका भुकम्पका प्रतिकम्पनले पाल्पामा एक जनाको ज्यान गएको थियो भने १४ जना घाईते भएका थिए ।
भुकम्पले गर्दा पाल्पामा २० हजार बढी घरमा क्षति पुगेको छ । जिल्ला दैबिक प्रकोप समिति पाल्पाका अनुसार १ हजार ८ सय ८४ घरमा पुर्ण क्षति, ४ हजार ४ सय १८ घरमा आशिंक र १३ हजार २ सय १९ घरमा सामान्य क्षति पुगेको छ ।
त्यस्तै पाल्पाका १ सय ६९ बिधालयमा भुकम्पले क्षति पुर्याएको छ । जिल्ला शिक्षा कार्यालय पाल्पाका अनुसार ८८ कक्षाकोठा पुर्ण क्षति भएको छ भने १ सय ३८ बिधालयका भवनहरु चर्किएका छन् ।
