विनोद रखाली मगर
गल्याङ् , जेठ, ९- स्याङ्जा राङ्भाङ् स्थाई घर भई हाल पोखरामा वस्दै आएका मदन थापा मगरले पिडीखोला र पेलाकोट गाविसका भुकम्प पिडित परिवारलाई २५ थान त्रिपाल सहयोग गरेका छन् ।
शनिवार पेलाकोट गाविस वडा न. ९ सेम्थुम्काका ५ घर परिवार र पाडेँजार , अल्केढुङ्गाका ४ घर परिवार , पिडिखोला गाविस, वडा न. २, ३ र ७ स्थीत साल्घाली , कुभिण्डे , पाडेंथोक गाँउका १६ घर परिवारलाई व्यक्तिगत २५ थान त्रिपाल सहयोग गरेका छन् ।
हाल सम्म कुनै पनि निकायको सहयोग पाउन नसकेका ति परिवारलाई सहयोग गरेको थापाले जनाएका छन् । युवा सन्चारकर्मी विनोद रखाली मगरको पहलमा वितरण गरिएको त्रिपालमा १२ जना ओत लगाउन सकिने जनाइएको छ । त्रिपाल वितरण तर्फ पेलाकोट सेम्थुम्कमा विनाशकारी भुकम्प देखि विस्थापित घना भण्डारी, राधाकृष्ण भण्डारी, दिपा भण्डारी, पेमा भण्डारी, पुनम भण्डारी लाई त्रिपाल वितरण गरिएको छ ।

यता पेलाकोट गाविसकै वडा न. ७ , अल्केढुङ्गामा रन वहादुर रेषमी मगर , मन वहादुर सिङ्जाली मगर , लाल वहादुर रेषमी मगर , पाडेँजारमा पदम वहादुर रखाली मगर लाई वितरण गरीएको छ । पिडीखोला गाविसमा वडा न. ३ तर्फ यामकला चापाँगाई , लक्ष्मीकान्त चापाँगाई , धनपति चापाँगाई , झविलाल पाण्डे , लक्ष्मीपति चापाँगाई , लक्ष्मी सापकोटा , लोक प्रसाद चापाँगाई , यामलाल पाण्डे , वडा न. ५ मा झविलाल चापाँगाई , वडा न. ६ मा शिवलाल चापाँगाई , वडा न. २ मा टिकाराम चापाँगाई लार्य वितरण गरिएको हो । यसै विच पिडिखोलाकै वडा न. ७ मा रुक वहादुर रखाली मगर , टिकाराम रखाली मगर , कविराम सिङ्जाली मगर , मनमाया सिङ्जाली मगर , धन वहादुर पल्ली मगर लाई वितरण गरिएको छ ।
सहयोग कार्यक्रममा युवा सन्चारकर्मी तथा लक्ष्मी टेलिभिजनका समचार प्रमुख विनोद रखाली मगर , नेपाली काङ्ग्रेस पिडिखोला गाविसका सभापति जायश्वर पाण्डे , तरुण नेता लक्ष्मण भुसाल लगाएतले वोलेका थिए ।
