कास्कीका मगरहरू राहत वितरणका लागि गोरखा जाने

Read Time:2 Minute, 17 Second

सातौं जिल्ला अधिवेशनको तयारी तीव्र

रूद्र श्रीसमगर

पोखरा, ६ जेठ – भूकम्प पीडितहरूलाई राहत वितरणका लागि नेपाल मगर सङ्घ कास्कीको टोली गोरखा जाने भएको छ ।

सङ्घको बुधबार बसेको बैठकले जस्तापाता, खाद्यान्नलगायतका राहत सामग्री वितरणका लागि भूकम्प अति प्रभावित जिल्ला गोरखाको बोर्लाङ र थुमी जाने निर्णय गरेको अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिए ।

सङ्घले राहत सामग्री खरिदका लागि राहत रकम संकलन गरिरहेको छ । हालसम्म करिब चार लाख रुपैयाँ संकलन भएको अध्यक्ष रानामगरले जानकारी दिए । सहयोग गर्न चाहनेलाई सङ्घले आग्रह समेत गरेको छ ।

यसैबीच, नेपाल मगर सङ्घ कास्कीले यही जेठ १५ गते हुने आफ्नो २१ औं जिल्ला सम्मेलन एवं सातौं जिल्ला अधिवेशनको तयारी तीव्र पारेको छ ।

‘इतिहास, भाषा, संस्कृति, संरक्षण र संवद्र्धनका लागि मगरहरूको अभियान, जातीय पहिचान र स्वायत्त शासनसहितको सङ्घीय संविधानका पक्षमा सातौं जिल्ला अधिवेशन’ भन्ने मूल नाराका साथ हुने अधिवेशनले आगामी तीन बर्से कार्यकालका लागि २५ सदस्यीय जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन गर्ने सह–कोषाध्यक्ष कुमार थापामगरले जानकारी दिए ।

अधिवेशनमा कास्की जिल्ला अन्तर्गतका प्रत्येक एकाइ समितिहरूबाट पाँच/पाँच प्रतिनिधि सहभागी हुनेछन् । नेपाल मगर सङ्घ कास्की अन्तर्गत हालसम्म ३७ एकाइ समिति आबद्ध रहेका छन् । अधिवेशनमा एकाइ समितिका सचिवले आ–आफ्नो एकाइको तर्फबाट रिपोर्टिङ गर्ने समेत सह–कोषाध्यक्ष थापामगरले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %