गोविन्द घर्ती
देवदह , जेठ ६ – विपदबाट बच्न मापदण्ड अनुसारको घर बनाउनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
उनीहरुले गत बैषाख १२ र २९ गते गएको भूकम्पबाट देवदह क्षेत्रमा भएको क्षतिको वारेमा नगरपालिकाले अनुगमन गर्नुपर्नेमा जोड दिएका थिए । देवदह नगरपालिका र नेपाल अविनास सामाजिक सेवा समाजको संयुक्त रुपमा गरेको नगर स्तरीय विपद व्यवस्थापन समिति गठन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
सो अवसरमा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले भूकम्पले देवदह क्षेत्रमा ४० घर भत्किनुको साथै चर्किएको बताए । कार्यक्रममा नेकपा माओवादीका नमराज पुरी, नेकपा एमालेका सिद्धिचरण भट्टराई, एकिकृत माओवादीका कृष्ण ढकाल, लिलाधर मरासिनी, हरी केसी, खैराज शर्मा, कोषबहादुर गुरुङ्ग, प्रेम थापा, गोविन्द ठड्राई लगायतले बोल्दै जोखिम न्यूनिकरण गर्न सवै सचेत र सजग हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्यक्षतामा नगरस्तरीय विपद व्यवस्थापन समिति गठन गरेको छ ।
जसको सदस्यहरुमा प्रकाश अर्याल, रामप्रसाद कडेल, रुद्रप्रसाद पराजुली, मेघनाथ पौडेल, टिकानिधि पौडेल, हरीबहादुर सारु, जयकिशन अधिकारी, ईश्वरी ढुगाना, खडकबहादुर विक, गोविन्द घर्ती रहेका छन । व्यवस्थापन समितिमा नेपाल रेडक्रस सोसाईटी, वडा नागरिक मञ्चका सयोजक, व्यापारीक संगठन संघ/संगठन, भूपुसैनिकका प्रतिनिधिहरु सदस्य रहने व्यवस्था गरिएको छ ।
समितिको सदस्य सचिवमा देवदह नगरपालिकाका शाखा अधिकृत गंगाप्रसाद पन्थीरहेका छन । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्यक्षता, शाखा अधिकृत गंगाप्रसाद पन्थीको स्वागत र खडकबहादुर विकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
