बुद्धको मावली क्षेत्रको विकासको लागि सवै एकजुट

Read Time:2 Minute, 18 Second

गोविन्द घर्ती

देवदह , जेठ ६ –  देवदह क्षेत्रको विकासको लागि सवै एकजुट भएर लाग्नु पर्ने रुपन्देहीको देवदह–४, भवानीपुरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।

उनीहरुले भगवान गौतम बुद्धको मावली स्थल देवदहलाई विश्वभर चिनाउन योजनावद्ध तरिकाले अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । मेड नेपालले आयोजना गरेको स्थानीय सतरमा पर्यटकीय विकास कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।

सोही कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले देवदह क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले गुरुयोजना निर्माण गरिरहेको बताए । उनले देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको उत्खनन् गरी राज्यले लगानी बढाउनु पर्नेमा जोड दिए ।

रामचन्द्र पाण्डेको अध्यक्षतमा भएको कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य दलबहादुर विरकट्टा, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष निलकण्ठ पौडेल, एमाओवादी देवदहका अध्यक्ष मोतीलाल ढकाल, नेपाली काग्रेस देवदहका उपसभापति डिल्लीराज मरासिनी, नेकपा एकिकृतका राजु भूजेल, धर्मोदय सभा देवदहका अध्यक्ष अमृतलाल शाक्य, देवदह डेभलोपमेण्ट सोसाईटीका अध्यक्ष भिमप्रसाद गुरुङ्ग, देवदह साप्ताहिकका त्रिलोचन दहाल, मेड नेपालका मिनराज भण्डारी, लिलावल्लभ भट्टराई, दिनानाथ अर्याल, रामप्रसाद देवकोटा लगायतले बोल्दै देवदह क्षेत्रको विकासको लागि एकिकृत योजना बनाएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %