इजरायलमा २५५९औ वुद्द जयन्ति तथा शोकसभा सम्पन्न

Read Time:9 Minute, 21 Second

माया घले मगर

इजरायल, २० मे – नेपालमा बैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामना गर्ने र घाइते तथा अंगभंग भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्ने क्रम देश विदेशमा रहेका नेपालीहरुमा अहिलेपनि जारी छ । यसै शिलशिलामा इजरायलमा रहेका नेपालीहरुले सप्तान्त विदाको समय पारी दिप प्रज्वलन तथा शोक सभाको आयोजना गर्ने क्रममा गत शुक्रवार दिप प्रज्वलन तथा शोक सभाको आयोजना गरे ।

नेपाल मगर समाज इजरायलको आयोजनामा, विभिन्न संघ संस्थाहरुको सहआयोजना तथा भुकम्प पिडित सहयोग संकलन अभियान इजरायलको संयुक्त आयोजनामा तेलअभिवको लेवेन्स्की पार्कस्थित बास्केट बल ग्राउन्डमा २५५९औं वुद्द जयन्ति तथा वृहत शोकसभा कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ ।

कार्यक्रममा सभापती तथा नेपाल मगर समाज इजरायलका अध्यक्ष वसन्त रास्कोटी मगर, प्रमुख अतिथी  नेपाली राजदुतावास इजरायलका महामहिम राजदुत प्रल्हाद कुमार प्रसाई  र  वौद्द धर्म गुरू थुप्तेन लामा तामाङद्वारा संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी शुरुवात गरिएको उक्त कार्यक्रममा  वैशाख १२ गतेपश्चात पटक-पटक गएको महाविनाशकारी भुकम्पवाट ज्यान गुमाएका हजारौ नेपालीहरूको दिवगंत आत्माको चिर शान्तिको कामना गर्दै मौन धारण गरिएको थियो । साथै वुद्दप्रेमी नेपालीहरु, नेपाली भाषी भारतियहरु, इजरायली नागरिकहरू, इजरायली बौद्दमार्गी भक्तजनहरु समेत गरी उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रमको शुरुवातमै वौद्द धर्मगुरू थुप्तेन लामा तामाङले  वुद्द धर्म अनुसार  विधिवत् पुजापाठ गरेका थिए ।

त्यस्तै प्रमुख अतिथी तथा नेपाली राजदुतावास इजरायलका महिमहिम राजदुत प्रल्हाद कुमार प्रसाईले मन्तव्यको क्रममा  विनासकारी भुकम्पवाट देशमा विद्यमान भयावह स्थितीको सामना गर्न सवैले पहल गर्नुपर्ने बताउदै  २५५९औ वुद्द जयन्ति तथा वृहत शोक सभा कार्य़क्रमको आयोजना गरी देशमा बगेको आशु पुछ्न लागि परेका इजरायवासी नेपालीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

त्यस्तै शुक्रवार इजरायलमा रहेका नेवार समुदायका नेपालीहरुद्वारा स्थापना गरिएको नेवा ख:ल इजरायलको आयोजनामा साँझको ७ बजे तेलअभिवको लेवन्स्की पार्कमा दिप प्रज्वलन गरी शोक सभा गरेका छन् । वुद्द धर्मगुरु थुप्तेन लामा तामाङद्वारा गरिएको मन्त्र पाठसँगै दिवंगतहरुको सम्झनामा मौन धारण गरी शुरुवात गरिएको शोकसभा कार्यक्रममा इजरायलमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले मन्तव्य राख्दै शोक व्यक्त गरेका थिए ।

इजरायलमा खाना वेचेर भुकम्प पिडितहरुलाई सहयोग

त्यस्तै इजरायलमा रहेका सक्रिय दिदीवहिनीहरुको एउटा समुहले भुकम्प पिडितहरुको सहयोगार्थ शुक्रवार नै फुड फेस्टिवलको आयोजना गरे । ममिता श्रेष्ठको संयोजकत्वमा इरिका लिम्वु, नुमा लिम्वु, नरिता गुरुङ, रेखा सुवेदी, रोजी लिम्वु, सर्मिला श्रेष्ठ, कञ्चन लिम्वु, ममता लिम्वु, नेहा लिम्वु, वसन्ती लिम्वु, कृष्ण लिम्वु, ज्योती सुव्वा, रती महर्जन र दिपा श्रेष्ठ सहित १५ जनाको टोलीको सक्रियतामा  गरिएको उक्त फुड फेस्टिवलमा नेवारी परिकारहरु समयवजी, वारा छोयला, रोटी तरकारी, म:म र साँझको खाना लगायतका परिकारहरु समाबेस थिए ।

रात्री खानाको समेत समावेश गरिएको उक्त फूड फेस्टिवलमा समुहका १५ जना सदस्यहरुद्वारा गरिएको ३ हजार शेकेल लगानी सहित आएको मुनाफा समेत गरी  कुल रकम भुकम्प पिडित सहयोग संकलन अभियान इजरायललाई हस्तान्तरण गर्ने योजना रहेको संयोजक ममिता श्रेष्ठले जानकारी दिए । फेस्टिवल अप्रहान्न ४ बजेदेखि साँझ अवेरसम्म चलेको थियो ।

कार्यक्रममा उपस्थितहरुलाई प्रेवशद्वारामा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गराइएको थियो भने भुकम्प पिडितहरुलाई स्वमनले सहयोग गर्न चाहानेहरुले द्वारामै राखिएको चन्दा बाकसमा स्वच्छिक चन्दा दान गरेका थिए । त्यस्तै कार्यक्रमका दौरान इजरायलको रखोवोत क्षेत्रमा कार्यरत नेपालीहरुद्वारा स्थापना गरिएको सहकारीको सक्रियतामा सहकोरीबाट प्रप्त व्याज २१५५ र त्यहाँ रहेका नेपालीहरुसँग संकलन गरिएको २२३० शेकेलर ७७२ डलर गरी कुल ४३८५ शेकेले र ७७२ डलर अभियान्तात्रय शान्ति चेम्जोङ, मिनु गुरुङ र पेमा याङ्जी शेर्पाले सोही कार्यक्रममै भुकम्प पिडित सहयोग संकलन अभियान इजरायलका संयोजन सदस्य नवराज खड्कालाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै वुद्द जयन्ति समारोहको मुल आयोजक नेपाल मगर समाज इजरायलले वुद्द जयन्ति समारोह तथा वृहत शोकसभा कार्यक्रमका सहआयोजक तथा उपस्थितहरुबाट प्राप्त सहयोग र वुद्द प्रतिमामा चढाइएको भेटी समेत गरी जम्मा हुन आएको कुल ८ हजार ५ सय ६४ शेकेल र ५५ डलरबाट सम्पूर्ण खर्च कटाई वचेको कुल २७१४ शेकेल र ५५ डलर भुकम्प पिडित सहयोग संकलन अभियान इजरायललाई सोही दिन नै हस्तान्तरण गरेको छ ।

नेपाल मगर समाजका धनु काउचा मगरले अत्यन्तै सौहार्दपूर्ण बातावरणमा संचालन गरेको २५५९औं वुद्द जयन्ति तथा वृहत शोकसभा कार्यक्रम नेपाल मगर समाज इजरायलको मूल आयोजना, नेपाल आदिवासी जनजाती महासँघ इजरायल, तमु समाज इजरायल, नेपाल तामाङ घेदुङ इजरायल, नेवा खल इजरायल, शेर्पा संघ इजरायल, किराँत याक्थुङ चुम्लुङ इजरायल, किरात राई यायोख्खा नेपाल इजरायलको आयोजना  तथा एनआरएनए इजरायल,  नेपाली नागरिक समाज इजरायल, सोसाईटी अफ हेल्पिङ हर्ट्स  इजरायल, नेपाली नारी आवाज इजरायल, “नारीका लागि नारी” रु १ करोड १ परोपकारी अक्षयकोष,  नेपाल मुक्तक प्रतिस्ठान इजरायल, नमस्ते नेपाली हातेमालो सामाजिक संस्था इजरायल , अन्तराष्ट्रिय साहित्य समाज इजरायल, विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा, पर्बत सेवा समाज इजरायल,अन्तरास्ट्रिय कलाकार मंच इजरायल शाखा, हिन्दू जागरण नेपाल अभियान इजरायल, चितवन समाज इजरायल, न्युज डायरी डट कम, नबिन नेपाल डट कम र नबिन न्युज डट कम सहआयोजकको रूपमा रहेका थिए ।

दिउसो २ बजेसम्म चलेको उक्त कार्यक्रमलाई समापन गर्दै नेपाल मगर समाज इजरायलका अद्यक्ष तथा कार्यक्रमका सभापति बसन्त रास्कोटी मगरले लामो समयदेखि नै इजरायलां रहेका संघ संस्थाहरुले आलोपालो गर्दै वुद्द जयन्ति मनाउदै आइरहेकोमा आगामी बर्षहरुमा पनि एवमं रितले वुद्द जयन्ति मनाउदै जान पाइयोस् भन्दै वुद्द जयन्तिको समय भन्दा ढिलै भएपनि वुद्दलाई स्मरण गर्न पाएकोमा खुशी व्यक्त गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %