चित्रे भञ्ज्याङ स्वास्थ्य चौकीका लागि निःशुल्क जग्गा दान

Read Time:1 Minute, 36 Second

रूद्र श्रीसमगर

पोखरा,स्याङ्जा जिल्लाको दक्षिणपूर्वी गाविस चित्रेभञ्ज्याङमा स्वास्थ्य चौकी निर्माणका लागि स्थानीयबासीले निःशुल्क जग्गा दान गरेका छन् । हाल उपस्वास्थ्यचौकी रहेको सो गाविसमा स्तरोन्नति गरी स्वास्थ्य चौकी निर्माणका लागि चित्रेभञ्ज्याङ–५, करङस्वाँराका सात जना स्थानीय जग्गा दाताहरूले जग्गा दान गरेका हुन् ।
स्वास्थ्य चौकी निर्माणका लागि गुन बहादुर रानाले ५० हजार, गोमाया रानाले ५० हजार, भोला बहादुर रानाले ५० हजार, बल बहादुर रानाले ३० हजार, मन बहादुर रानाले २५ हजार, कृष्ण माया रानाले ३५ हजार र विष्णु बहादुर रानाले २० हजार रुपैयाँ बराबरको जम्मा ४ रोपनी १० आना ३ पैसा १ दामको जग्गा दान गरेको समाजसेवी गुन बहादुर रानाले जानकारी दिए ।
जग्गा दाताहरूलाई धन्यवाद व्यक्त गर्दै उपस्वास्थ्य चौकी प्रमुख विनोद तिवारीले समुदायको सहयोगले स्वास्थ्य चौकी निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने भन्दै खुशी व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %