देब पचभैया
पाल्पा ,जेठ १ – भुकम्प आउदा आत्तिएर पाल्पामा एक बृद्धाको ज्यान गएको छ ।
गएको २९ गते आएको भुकम्पको पराकम्पनमा घर भित्र रहेकी खानीगाउ ५ चापखोला पाल्पाकी ६० बर्षिया पम्फा न्यौपानेको भाग्ने क्रममा एक्कासी ढलेपछि उपचारको क्रममा तानसेन स्थित मिसन अस्पतालमा बिहिबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक सुमन तिमिल्सिनाले जानकारी दिए ।
स्थानिय हरी पाठकका अनुसार भुकम्पमा आत्तिएर उपचारको क्रममा मृत्यु भएकी न्यौपानेको शबलाई कालीगण्डकी नदी किनारमा जलाउने क्रममा एक्कासी बढेर आएको पानीले बगाएको थियो ।
