बिद्युतिय रिक्सा दुर्घटनामा ४ जना यात्रु घाईते

Read Time:1 Minute, 21 Second

गोबिन्द घर्ती

देवदह- रुपन्देहीको देवदहमा भएको बिद्युतिय रिक्सा दुर्घटनामा ४ जना यात्रु घाईते भएका छन । देवदह नगरपालिकाको कार्यालय जादै गर्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी देवदह नगरपालिका–६ का एकै परिवारका ४ जना घाईते भएका छन । घाईते हुनेहरुमा देवदह–६ का यमलाल अधिकारी, रुक्मागत अधिकारी, नारायण अधिकारी र सिता गैरे रहेका छन ।

नगरपालिका कार्यालय जादा जादै गर्दा ढुंगामा ओटलागी उक्त दुर्घटना भएको र रिक्सा चालक र यात्रु सहित ५ जना सडक किनारको नालीमा खसेको घाईते नारायण अधिकारीले बताए । देवदह नगरपालिका क्षेत्रमा यात्रुको सहजताका लागी बिद्युतिय रिक्सा सञ्चालनमा ल्याउने प्रयास भएको र ब्यवस्थित गर्ने तयारी गरीएको नगरपालिका कार्यालयले जनाएको छ । त्यस क्षेत्रमा सवारी साधन प्रयाप्त नहुदा बिकल्पको रुपमा केही दिन यता बिद्युतिय रिक्सा सञ्चालनमा ल्याएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %