घनश्याम पाण्डे, पोखरा
पोखराको जिरो किलोमिटर स्थित रहेको अभियान युवा क्लबले धादिङको काफ्ले गाउँका भूकम्प पीडित लाई गाउँमै पुगेर राहत वितरण गरेको छ ।
उनिहरु लाई त्रिपाल , झुल ,इमरजेन्सी लाईट र खाध सामाग्री वितरण गरेको क्लबका अध्यक्ष बसन्त गिरीले जानकारी दिएका छन । क्लबले झण्डै डेढ लाख बराबरको राहत वितरण गरेको गिरीले बताए। ४७ घर परिवार लाई राहत वितरणको लागि गाउँमै पुगेको टोली संग स्थानीयले अहिले सम्म कुनै सरकारी गैरसरकारी संघ सस्था आफुहरुकोमा नआएको भन्दै दुखेसो पोखेका थिए भने पहिलो पटक पुगेको अभियान क्लब प्रति खुशि ब्यक्त गरेका थिए । क्लबका १४ जना प्रतिनिधि सहित पुगेको टोलिले गाँउको अबस्था अबलोकन गर्नुको साथै स्थानीयय लाई प्रत्यक्ष भेटेर सान्तवना दिदै आफुहरु ठुलो सहयोग नभए पनि दुखेको घाउमा मलम पट्टि लगाउन गाउँ आएको बताएका थिए ।
