गोविन्द घर्ती देवदह बैषाख २९ राज्यले लक्षित बर्गको लागि छुट्याएको रकम सही ठाउमा सदुपयोग हुन नसकेको बुटवलमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले आदिवासी÷जनजातिहरुको लागि छुट्याएको रकम हरेक बर्ष फ्रिज भएर जाने गरेको बताएका थिए ।
जिल्ला विकास समिति आदिवासी÷जनजाति समन्वय समिति रुपन्देहीको आर्थिक सहयोग र नेपाल मगर लेखक संघ लुम्विनी अञ्चल समितिद्धारा आयोजित ४५ दिने कम्प्यूटर एकाउन्ट प्याकेज तालिमको उद्घाटन कार्यक्रममा ब्ँोल्ने वक्ताहरुले उक्त कुरा बताएका हनु । कार्यक्रमको उद्घाटन गर्दै आदिवासी÷जनजाति जिल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष दिलबहादुर खाम्चाले आदिवासी जनजातिको स्तरबृद्धि गर्न राज्यले रकम छुट्याईए पनि आदिवासी÷जनजातिहरुले नै खोजी निधि नगरेकोले वाध्य भएर विकास निर्माणमा लगाउनु परेको बताउनु भयो । उहाले सिपविनाको शिक्षाले राष्ट्र र समाजको विकास हुन नसक्ने हुदा शिप सिक्नु पर्नेमा जोड दिनु भयो । उहाले सिप संग संगै शिक्षालाई पनि महच्व दिनु पर्नेमा जोड दिनु भएको थियो । उपाध्यक्ष खाम्चाले आदिवासी÷जनजातिहरु सचेत र सजग नभए सम्म अधिकार स्थापित गर्न नसक्ने बताउनु भएको थियो ।
संघका अञ्चल उपाध्यक्ष सोनु थापाको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगर विकास समितिका अध्यक्ष खेलराज पाण्डे, दलित बर्ग उत्थान समन्वय समिति रुपन्देहीका उपाध्यक्ष रवि विश्वकर्मा, नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दलबहादुर विरकट्टा, तमु छोंज धीका जिल्ला अध्यक्ष सुर्जेलाल तमु, छन्त्याल संघका जिल्ला अध्यक्ष दलबहादुर छन्त्याल, तामाङ्ग घेदुङ्ग रुपन्देहीका अध्यक्ष वीरबहादुर लामा, आदिवासी जनजाति पत्रकार मञ्चका अध्यक्ष टेकबहादुर मास्की, बिमला गुरुङ्ग, ज्ञानबहादुर थापा, श्याम चौधरी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । तिर्थमाया रानाको स्वागत र लिला रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको छ । तालिममा रुपन्देही जिल्ला करिव ५० जना आदिवासी जनजाति युवायुवतीहरुको सहभागिता रहेको छ ।
