दुखद् घडीमा एकसाथ हुन सवैमा अनुरोध,
माया घले मगर
इजराय, १० मे – वैशाख १२ गते १२ बजे नेपालमा गएको विनासकारी महाभुकम्पमा परी घाईते भएकाहरूको सिघ्र स्वास्थ्य लाभको कामना तथा विनासकारी भुकम्पमा परि ज्यान गुमाएकाहरूको सम्झनामा इजरायलमा रहेको नेपालीहरुले सोकसभा गर्ने भएका छन ।
सोकसभा आगामी मे १६ तारिख शनिवारका दिन हुनेभएको छ । उक्त सोकसभालाइ भुकम्प पिडित सहयोग समिति र ०७२सालको वुद्द् जयन्ति मुल आयोजक कमिटी इजरायलको आयोजनामा हुन गइरहेकोछ । मृतकहरूको दिवंगत आत्माको चिर शान्तिको कामनाको लागि गरिने शोकसभालाई मध्यनजर गर्दै अन्य कुनैपनि कार्यक्रमहरूको आयोजना नगरिदिनुहुन र उक्त शोकसभामा उपस्थिती हुन समस्त इजरायलवासी नेपालीहरूमा अनुरोध समेत गरिएको सो समितिले जनाएको छ ।
कार्यक्रम निम्नानुसार तय गरिएको छ ।
मिती:— १६ मे २०१५ शनिवारका दिन स्थान:—तेलअभिवको सि सार्इड (नेपाली राजदुताबास अगाडीको पार्क) समय :— विहान १० वजेदेखी २ वजेसम्म निशुल्क वसको समेत व्यावस्था गरिने आयोजकले जनाएका छन् । आयोजक :– नेपाल भुकम्प पिडित सहयोग अभियान इजरायल तथा वुद्द् जयन्ति मुल समारोह समिति इजरायल ।