छिनेडाँडा एकाइ समितिको अध्यक्षमा मन माया थापा मगर

Read Time:1 Minute, 42 Second

रूद्र श्रीसमगर

पोखरा, २६ वैशाख-नेपाल मगर संघ कास्की अन्तर्गतको ३६ औं एकाइ समितिका रूपमा शनिबार छिनेडाँडा एकाइ समिति गठन भएको छ । शनिबार भएको एक भेलाले मनमाया थापामगरको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

तदर्थ समितिको उपाध्यक्षमा लोक माया पुलामी मगर, सचिवमा निलकण्ठ राना मगर, सहसचिवमा अजित्रा छन्त्याल मगर, कोषाध्यक्षमा याम कुमारी थापा मगर र सह कोषाध्यक्ष जुना आले मगर चयन भएका छन । त्यसैगरी, सदस्यहरूमा हेमबहादुर आले मगर, सरि सरा थापा मगर, परशुराम थापा मगर, लालमती पुन मगर, उमा थापा मगर, देवबहादुर ढेंगा मगर, नन्द कुमारी राना मगर, सु.दलबहादुर थापा मगर र नरसिंह थापा मगर चयन भएका छन ।

यसअघि, भेलाको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका सचिव यामबहादुर थापा मगरले मगरहरू संगठित भइ आफ्नो हक, हित र अधिकारका लागि लड्नुपर्ने आवश्यकता औंल्याएका थिए । सो अवसरमा जिल्ला सह–सचिव संगीता पुनमगर, संगठन विभाग प्रमुख गुमान सिंह थापा मगर, ज्योति राम थापा मगर लगायतले बोलेका थिए ।

मनमाया थापा मगरको अध्यक्षतामा भएको भेलाको सञ्चालन निलकण्ठ राना मगरले गरेका थिए भने हेमबहादुर आले मगरले स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %