बिजय हितान
जोन राई फल्कस्टोनबाट रेलमा चढेर बोरिस आइलेन्डमा अवस्थित थेम्स अन्तरराष्ट्रिय बिमानस्थल तिर लाग्दैछ नेपाल भ्रमणकोलागी ।
उसलाइ नेपाली प्रधानमन्त्री श्री सुबाश मगुराली को बिशेस आमन्तरणा छ । बतासको बेगमा दौडिरहेको रेलको झ्यालबाट केन्टको फराकिलो फाँटहरुको मनोरम द्रिश्य अवलोकन गर्दै उसले आफ्नो आइ-भ्यू फोन बाट प्रेमिका जिना स्मिथ गुरुङलाई क्रिशमसको सुभकामना पठाउँछ । बेलायतमा सीम सिम बर्षालाई फुस फुस हिउँले भरखरै पालो दिएको छ । पातरहित नांगो रुखका डालिमा टासिएको सेतो हिउँमा बिहानीको घामको किरण पर्दा मानौं त्यो सम्पुर्ण भुभाग मोतिको दानामा लपेटीएको छ । त्यो घामको न्यानो राप रेलगाडीको झ्यालबाट उसको निधारमा पनि परेको छ । बेल्पालीहरु (बेलायती नेपालि) जताततै एक आपसमा उपहार आदानप्रदान र भोज भतेरको आयोजना गरेर क्रिस्मस मनाउन ब्यस्त छन ।
यो संसार अचम्मको छ । बिबिधतै बिबिधता छ । कतै मानिसहरू टम्म खान पाएर आवश्यकता भन्दा बढी मोटा छन् त कतै बिहान बेलुका हातमुख जोडन अफ्ट्यारो परेर मानिसहरू दुब्ला रोगी छन् । कतै कठङ्रिने जाडोको मौसममा पनि हिटर तापेर मानिसहरू न्यानो घरमा बसेका छन भने कतै प्राक्रितिक प्रकोप र अत्याधुनिक मानविय बिकासको परिणाम स्वारुप डाँडा काँडा र पाखाहरुमा रात् बिताउनु परिरहेको छ । यहि गति भैरहेछ उता नेपालमा । गत महिनामा ७.८ रेक्टर स्केलको भुकम्प जानाले धन जनको ठुलो छती हुनुको साथै नेपालको एक आणबिक भट्टि भत्कन गई त्यसबाट निस्कीरहेको बिकिरणले मानिसहरुलाई तहस नहस तुल्याएको छ । फल्सरुप बिजुली उत्पादनमा कमी आउनगै नेपालभरिनै १६ घण्टा लोड सेडिङ अपनाइएको छ । कोकाकोला र टोयोटा जस्ता अन्तरराष्ट्रिय कम्पनीहरु उर्जाको कमीले गर्दा उत्पादन घटाएका छन ।
चौबिसै घन्टा सन्चालन हुने यी उध्योगहरू भुइचालो पस्चात दिनमा पाँच छ घन्टामात्रै खोलिँदा कामदारहरूको मजदुरिमा ह्रास आएको छ । परिणामस्वरुप नेपालि शेयर बजारमा हवात्तै गिरावट आएको छ । गत २ दसक यता जसरी चाइना र इन्डीयाले आर्थिक उन्नती गरेर संसारको पहिलो र दोस्रो स्थान ओगटन सफल भएका छन त्यसैको लहरमा नेपालले पनि आर्थिक उन्नतिमा सिङापुरलाई जित्न सफल भएको छ । नेपालको यस आणबिक दुर्घटनाको छ्ती बिक्रम सम्बत २०६७मा जपानको फुकुसिमामा सुनामीले एक आणबिक भट्टीलाई पारेको छती भन्दा पनि ठुलो हुने नेपाल आणबिक अद्ययन प्रतिस्ठानका प्रमुख डा रमेश तामाङ्को अनुमान छ ।
जोन राईको बिमानसथलबाट नेपालतिर प्रस्थान भैसक्यो । अबको तीन घण्टामा यति एयर द्वरा चितवन अन्तरराष्ट्रिय बिमानस्थलमा अबतरण हुनेछ । उसको जिन्दकीको यो दोस्रो नेपाल भ्रमण हो । स्यानोछदा एकचोटी बिक्रम सम्बत २०७० मा ग्रिस्मकालिन स्कुलको बिदामा ब्रिटिश गोर्खाबाट सेवा निब्रित लाहुरे बाबासँग नेपाल आएको सम्झना उसलाइ छ । नेपालले त्यति आर्थिक उन्नती नगरेपनी हराभरा पहाड पर्बत र ठुला ठुला नदि-नालाका मनमोहक द्रिस्यले जोन अतिनै प्रभाभित भएको थियो त्यसबेला ।
अक्सफोर्ड युनिभर्सिटिबाट आणबिक सास्त्रमा बिध्याबारिधि गरेपछी केन्टको डन्जनेस आणबिक भट्टीमा काम गर्दै छ आजकल् उ । बेलायतका एक कहलाइएका आणबिक बिसेसग्य मध्येमा एक गनिन्छ उ । उसको यस भ्रमणको उद्देस्य हालै नेपालमा गएको भुइचालोले छतीग्रस्त आणबिक भट्टिबाट उत्सर्जन भैरहेको बिकिरणलाई कसरी रोक्न सकिन्छ र त्यसले पारेको असरलाई कसरी न्युन गर्न सकिन्छ भन्ने बारेमा नेपाल सरकारलाई सल्लाह सुझाव दिनु हो । भट्टी देखी धन्दै २० किलोमिटर टाढा हाडिखोला गाउँमा १००० मिलिसिभर्त बिकिरण पाइएको छ जसले वाक वाक लगाउने र रगतको सेतो सेल मार्ने गर्छ । अनी घटनाको ३ दिनपछी परेको मनसुनी बर्षालेगर्दा मधेसका हरियो पार्सेको सागमा पनि केही मात्रामा बिकिरण भेटिएको जानकारिमा आएको छ ।
तीन घण्टाको यात्रा पछि अती आधुनिक चितवन अन्तरराष्ट्रिय बिमान स्थलमा जोन राई अबतरण हुन्छ । काठमान्डौमा अवतरण हुन नसक्नुको कारण पुरानो अन्तररास्ट्रिय त्रिभुवन बिमानस्थल भुइचालोले ध्वस्त पारेको छ साथै त्याहाँका ८० प्रतिसत घरहरुपनी नस्ट भएका छन । उ मधेसको ४० डिग्री गर्मीले उकुस मुकुस हुँदै शरिरमा सितलता छाउन लाम्बाउले कमेज खोल्छ । स्वागत गर्न बन तथा उर्जा मन्त्री दिपक लिम्बु आउनुभएको छ । ” मेरि क्रिश्मस मन्त्रिज्यु” जोनले पसिना पुछ्दै अभिबादन गर्छ । “तपाइलाई पनि मेरि क्रिश्मस, यात्रा ठिकै भयो होला क्यारे!” मन्त्रिज्युको प्रतिउत्तर आउँछ । त्यसपछि सौर्य उर्जाबाट सन्चालित भ्यानमा हाली जोनलाई नारायणी नदि पारीको रेल स्टेसनमा लगिन्छ । पुल तर्दैगर्दा नदिमा पानी सुकेको देखेर उर्जा मन्त्रीलाई जोनले प्रश्न राख्छ-“नारायणी किन सुकेको यसरी ?” “जलबायु परिवर्तनको असर भन्दा कुनै अत्युक्ती हुँदैन होला, जोनजि” उर्जामन्त्रीले उत्तर दिनुहुन्छ । “कसरी ?” जोनले कौतुहलका साथ सोद्धछ ।
“धन्नै २० बर्ष जति भयो, याँहाँका हिमसिखरमा आजकल् हिउँ पर्दैन । हिमपात नहुनाले हिउँ पग्लिएर उत्पन्न भएका नदि-नालाहरु आजकल् सुख्खा छन । त्यसले गर्दा हाम्रा मेचि, कोसि, गण्डकी, महाकाली सबै नदिमा पानीको मात्रा कमी भएको छ । फल्सरुप नदिमा पानीको धार न्युन हुन गई हाम्रा जलबिधुत आयोजनाहरु धमाधाम बन्द भए र यस पहिचानसहितको संघिय गणतान्त्रिक सरकारले आणबिक उर्जा निति अपनाएको । जलबिध्युतद्वारा बिजुली उत्पादन प्रक्रिया आणबिक भट्टिद्वाराभन्दा धेरैनै बातावरण मैत्री र सस्तो भएपनि, के गर्ने, खोलामा पानी नै नरहे पछि ! आणबिक प्रक्रियाद्वारा बिजुली निकाल्ने प्रबिधी खतरामुलक र महँगो पर्ने भए पनि एकचोटिमा धेरै भन्दा धेरै मेघावाट उत्पादन गर्न सकिने हुँदा यसैलाई हाम्रो सरकारले अंगालेको हो । तर हेर्नुस्न, त्यहि आणबिक भट्टीहरु पनि भुइचालोले सर्बनास ! तपाईंको यस भ्रमणप्रती हामि नेपालीहरु अती क्रितग्य छौं” मत्रिज्युको दुखलाग्दो भनाइ थियो । “म मा पनि नेपालीको रगत भएकोले यो मेरो कर्तब्य सम्झेको छु । अनी मैले सुनेको, ऐले त मौसम परिवर्तनको कारणले सगरमाथाको उचाइ पनि घटेको छ रे, र आजकल त पर्बतारोहण गर्ने पर्यटकहरु आउन छोडे रे नेपालमा । ” जोन एअरकन्डिसनवाला रेलको डिब्बामा पस्दै भन्यो ।
‘सगरमाथाको उचाइ घटेको त सत्य हो, ४ मिटर जति घटेर ८८४४ भएको छ । तर नेपालमा पर्यटकको संख्या केही दसक यता बढेको छ’ मन्त्रीको गौरभान्तित भनाइ थियो । ‘कसरी मन्त्रिज्यु?’ जोनले प्रश्न राखी हाल्यो ।
‘हामीले पर्याबरण सम्रछणमा ठुलो छलाङ नै मार्यौं नी । १६ वटा राष्ट्रिय निकुन्ज र बन्यजन्तु सम्रछ्ण केन्द्र बढाएर २० पुगायौं । चितवन राष्ट्रिय निकुन्जको छेत्रफल पहिलाको भन्द्दा दोब्बर भयो । त्यसै अनुसार त्याहाँ पाइने बाघको संख्या २५० बाट १००० भए । त्यसैगरी गैंडा पनि ४३५ बाट ७०० पुगे । पर्यटकहरु ती बन्यजन्तु हेर्न ओइरिन्छन । अनी तपाइलाई थाहै होला गौतम बुद्द जन्मेको ठाउँ लुम्बिनीमा पनि धेरै बिकास गरियो हामिले । लुम्बिनी वरिपरि ब्रिछ्या रोपण गरेर कपिलबस्तु र रुपन्देही जिल्लाहरू ढाकीसक्यो साल र सिसौले भने पनि हुन्छ । झनै दुई दसक अगाडी भैरहवामा सिद्दार्थ अन्तरराष्ट्रिय बिमानस्थल खोले पछि जपान, कोरिया, कम्बोडिया , थाइलेन्ड र श्रिलङ्का बाट आउने पर्यटकको संख्यामा ब्रिदि आएकोछ । हालैको तथ्याङ्क अनुसार् दिनमा १०,००० हजार भन्दा बडी पर्यटकले लुम्बिनी भ्रमण गर्छन् आजकल । नेपालको पर्यटकिय बिकास सम्बन्धी हाम्रा पर्यटन मन्त्री गोपाल चौधरीलाई सोद्धा अझ बडी जानकारी मिल्ला तपाइलाई ‘ मन्त्रीको भाबपुर्ण बयान थियो ।
रेल सुरुङहुँदै उत्तरतिर दौडियो र केही छिन् पछी रोकियो । “यो स्थान भन्दा अगाडि सुरुङ भुइचालोले भत्काएको हुनाले अब हामि जन-सेनाको हेलिकप्टरमा चढेर छतिग्रस्त भट्टिसम्म जानु पर्छ ।” मन्त्रीले भन्नु भयो ।
१५ मिनेटको हेलिकप्टर यात्रापछी जोन कालिगन्डकी आणबिक भट्टीको नजिकै उत्र्यो । आणबिक निरिछणमा लगाउने बिशेष प्रकारको लुगा र मुखमा मास्क लगायर जोन राईले निरिछ्छण सुरु गर्यो । भट्टीको भग्नावशेसबाट अझै धुँवा पुत्याइरहेको थियो । भित्री भागको रियाक्टर भत्केर बिकिरण हावामा चुहावट भैसकेको प्राथमिक अनुसन्धानले देखाएको थियो । भवनको वरिपरिका बिरुवा तथा रुखहरू झुर्मुराइसकेका थिए । जन्तुजनावर तथा चराचुरुङीको कुनै आभास थिएन । उसलाई नाकमा अचानक खुर्सानीको जस्तो पिरो धुँवा भित्र पसेको अनुभव भयो । सासफेर्न अफ्ठ्यारो भएकोले मास्क झिकेर फाल्दै उ चिच्यायो ।
जोन निद्राबाट झल्यास्स ब्युझँदा सिरकले अनुहार ढाकियर निसासिएको थियो । आज पौष महिना बिक्रम सम्बत २१००, तदनुसार डिसेम्बर महिना सन २०४३ । भित्ते घडीमा दिउँसको ३ बजिरहेको रहेछ् । फोकस्टोनको उसको ट्यारेस घरको झ्यालबाट न्यानो घामको राप बिस्तरामा छिरीरहेको हुन्छ । उ हिँज राती सुक्रबार साथिहरुसँग अबेलासम्म बारमा क्रिश्मस साँझ मनायर बिहान पख घर आएर सुतेको थियो । छिमेकी साथि माइकल रानाको घरबाट बी बी क्यु को धुँवा र पोलेको मासुको गन्द झ्यालबाट जोनको कोठामा पसी रहेको हुन्छ । सपनाबाट जाग्दा उसलाइ कर..र… भोक लागिरहेको महसुस गर्छ । बाथरुममा गै छिटो छिटो मुख धोएर पल्तिर माइकलकोमा जान्छ र जम्मा भैसकेका साथिहरूलाई “क्रिशमसको सुभकामना तिमिहरुलाइ” भन्दै हुस्कीको प्याला उठाएर सबैसँग चेअर्स गर्छ ।
(बिजय हितानको कथा |संग्रह ‘थकित पृथ्वी’ २०१३ बाट साभार)