विनोद रखाली मगर
गल्याङ् , वैशाख २५ – स्याङ्जामा विनाशकारी भुकम्प देखि वढि प्रभावित गाँउमा तत्काल नगद रुपैयाँ राहत वितरण कार्य अगाडि वढाइएको छ ।
शुक्रवार निवुवाखर्क गाविसका विभिन्न गाँउका भुकम्प देखि विस्थापित २० घरलाई रु. ५ हजारका दरले रु. १ लाख वितरण गरिएको हो । स्याङ्जाका निर्वाचन अधिकृत गगांलाल सुवेदीको उपस्थितीमा उक्त नगद हस्तान्तरण गरीएको छ । जिल्लाका अन्य गाविसका भुकम्प पिडित परिवारलाई रु. ५ हजारका दरले तत्काल जिल्ला दैवि प्रकोप राहत कोष मार्फत वितरण कार्य तिव्र रुपमा अगाडि वढाइएको प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेको भनाई छ ।
