देब पचभैया
पाल्पा बैशाख २५ – गएको फागुन १ गते देखि १० गते सम्म पाल्पाको टुडिखेलमा भएको पाल्पा महोत्सबमा ३५ लाख ३३ हजार २ सय ६३ रुपिया नाफा भएको मेला आयोजक पाल्पा उधोण बाणिज्य संघले जानकारी दिएको छ ।
संघले आज आफ्नै कार्यकक्षमा एक कार्यक्रमको आयोजना गरी खर्च बिवरण शार्वजनिक गरेको हो ।
पत्रकार, मेलाका सहआयोजक, प्रायोजक, राजनैतिक दलका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख ,प्रमुख जिल्ला अधिकारी लगाएतको उपश्थितिमा भएको कार्यक्रममा पाल्पा उधोग बाणिज्य संघका कोषाध्यक्ष एबं मेलाका अर्थ समिति संयोजक सुसिल प्रधानले मेलाको सम्पुर्ण खर्च बिवरणको बारेमा जानकारी दिएका थिए ।
खर्च सार्वजनिक कार्यक्रममा बोल्दै पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष राजु महर्जनले मेलाबाट उठेको पैशाको ५० प्रतिशत संघको बहुउदेश्सिय भवनमा खर्च गर्ने र अन्य रकम कलासस्कृतिको संरक्षण, ब्यापारीहरुको हित र पाल्पाको पर्यटन बिकासका क्षेत्रमा खर्च गर्ने जानकारी दिए ।
समग्र पाल्पाको बिकासको लागी दिनरात खटिएर मेला आयोजना र सम्पन्न गर्न ब्यवशायीहरु खटिएको भएपनि मेला र महोत्सबहरुलाई जिल्ला बासीले खासै सहयोग नगरेको गुनासो गरे ।
कार्यक्रममा पत्रकार महासंघ पाल्पाका सचिब किरण कौशल, तानसेन नगरपालीकाका योजना तथा प्रशासकिय अधिकृत बिष्णु पौडेल, प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्की लगाएतका बतmाहरुले मेला आयोजक पाल्पा उधोण बाणिज्य संघलाई धन्यबाद दिदै मेला बाट उठेको रकम जुन रुपमा खर्च गर्न भनिएको छ त्यसैमा खर्च गर्न पनि सुझाब दिएका थिए ।
कार्यक्रमको संचालन गर्नुभएका पाल्पा उधोग बाणिज्य संघका महासचिब भिमसेन कार्कीले कार्यक्रमका सहभागीहरुले सोधेका जिज्ञासाहरुको जवाफ दिएका थिए ।
पाल्पा उधोण बाणिज्य संघका अध्यक्ष राजु महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा पाहुनाहरुलाई उपाध्यक्ष मोहन श्रेष्ठले स्वागत एबं धन्यबाद दिएका थिए ।
