बिनोद रखाली मगर
गल्याङ, वैशाख २४ – स्याङ्जा र पाल्पाको प्रसिद्ध धार्मिक स्थल राम्दी स्थीत वृद्धाश्रम तल कालिण्डकी नदीमा विहीवार दिउँसो करिव ३:३० वजे एक अधवैंशे पुरुषले हाम फालेका छन् ।
गोल्ड स्टार जुत्ता , कालो चस्मा , आकाशे रङ्गको शुरुवाल , खरानी रङ्गको दौरा , ढाकाटोपी , वासँको लौरो नदिको किनारमा फेला परेको प्रहरी चौकी गल्याङ्को भनाई छ । उक्त व्यक्तिको खोजीकार्य जारी रहेको जनाउदै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
साथै शङ्का लागेमा नजिकको प्रहरी चौकीमा खवर गरिदिन आग्रह गरेको छ ।
